कोरोना महामारीपछि काठमाडौँ वर्ल्ड स्कुलको तयारी: स्वास्थ्य सुरक्षासहित गुणस्तरिय शिक्षा !

Post Thumbnail

भाद्र १,काठमाडौँ । कोरोना महामारीको बीचमा पनि काठमाडौँ वर्ल्ड स्कुलमा सामान्य चहलपहल देख्न सकिन्छ । स्कुलमा बिद्यार्थी,शिक्षकको आगमन नभएपनि कोरोना महामारीकै बीचमा विद्यार्थीलाई कसरी नियमित अपडेटमा राख्न सकिन्छ ? कसरी पाठ्यक्रम अध्ययनलाई अघि बढाउन सकिन्छ भन्ने योजना बनिरहेका छन् । संगसंगै योजना अन्तर्गत भर्चुअल छलफल भइरहेको छ । स्कुलमा केही संरचना बनिरहेका छन् । जुन केही समयभित्रै पुरा हुँदैछ ।

प्रकृतिसंगै रम्दै पढ्न पाइने स्कुल हो : प्रधानाध्यापक खुलाल

प्रधानाध्यापक केशर खुलालले अनलाइनकेन्द्रलाई भने–बिद्यार्थीहरु यतिबेला स्कुल आउन सकिरहेका छैनन् तर अनलाइन कक्षाबाट उनिहरुलाई नियमित पठनपाठन गराउने व्यवस्था मिलाइएको छ । शिक्षकहरु नियमित अनलाइन कक्षामा हुनुहुन्छ, कोरोना भाइरसका कारण पठनपाठनलाई कतै समस्या नहोस् भनेर हदै सम्मको उपाय अपनाइएको छ ।’ उनले  भने– हामी गुणस्तरीय शिक्षा प्रदान गर्न लागिरहेका छौँ, नेपालमा गुणस्तरीय शिक्षाको माग धेरै छ। विद्यार्थीले पाउने शिक्षाको गुणस्तरकै सम्बन्धलाई लिएर हामीले नेतृत्व लिने प्रयास गरेका हौं,’ प्रधानाध्यापक खुलालले भने, ‘गुणस्तरीय शिक्षा विद्यार्थीलाई एकै ठाउँ अव्यवस्थित गरेर हुँदेन् । त्यहाँको वातावरण खुला भएपछि नै विद्यार्थीको सोचाइ खुला हुन्छ भन्ने सोचले यो स्कुल खोलेका हौं।’ विद्यालयको धेरै जमिन हुँदा दुइटा फाइदा हुने प्रधानाध्यापक खुलाल बताउँछन्।

‘पहिलो कक्षा सकिएपछि खुला वातावरण भए विद्यार्थीहरू प्रकृतिसँग मिसिन पाउने भए। उनीहरूको सोचाइ स्तर नै फरक हुने भयो,’ खुलालले भने, ‘सहरमा एकदमै सुविधा सम्पन्न स्कुल छन् तर एकदमै सानो क्षेत्रमा फैलिएका। उनीहरू र खुला ठाउँमा हुर्किएका विद्यार्थीको सोचाइमा एकदमै फरक हुन्छ।’

सूचनाको जमानामा ‘आइसिटी बेस्ड’ शिक्षा यसको मुख्य अवधारणा हो। छात्र र छात्राको भिन्नै होस्टल छ जसमा खेलकुद सुविधा छ। देशका विभिन्न स्थान र छिमेकी मुलुकबाट समेत विद्यार्थीहरू यहाँ पढ्न आउने उनले जानकारी दिए। २६ वर्ष शिक्षा क्षेत्रमा विताइसकेका केशर खुलाल स्कुलको प्रधानाध्यापक छन्। लामो समय बुढानिलकण्ठ स्कुलको प्रधानाध्यापक भइसकेका उनी अनुभवी र दक्ष ब्यक्ति हुन।

‘पढाइका कुरामा पनि साना केटाकेटीदेखि माथिसम्ममा शिक्षक र विद्यार्थीबीच विश्वासको भावना जगाउनुपर्छ भनेर एकदम जोड दिइएको छ,’ प्रधानाध्यापक खुलालले भने।

यो स्कुलले भौतिक पूर्वाधारलाई धेरै प्राथमिकता दिएको छ। विद्यालय परिसरमा फुटसल, बास्केटबल, स्विमिङ पुल, क्रिकेट मैदान र ब्याटमिन्टन कोर्ट छ। त्यस्तै इनडोर र आउटडोर दुवै खाले खेलमा ध्यान दिइएको छ।

स्वास्थ्य सुरक्षालाई पहिलो प्राथामिकतामा राख्छौँ : बरिष्ठ प्रशासकिय अधिकृत ओझा

यसैबिच अनलाईनकेन्द्रले स्कुलका बरिष्ठ प्रशासकिय अधिकृत शिवराज ओझासंग कोरोना महामारीपछि र यहीबिचमा स्कुलले कस्ता सावधानी अपनाएको छ भनेर सोधेको थियो । यसको जवाफमा ओझाले भने–’हामी आफ्ना बिद्यार्थी र अभिभावकको चिन्तालाई मध्येनजर गर्दै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथामिकतामा राख्छौँ ।’ उनले थपे–’कोरोनाका बेला पनि हामीलाई सामाजिक दुरी राखेर विद्यार्थी पढाउन अप्ठ्यारो पर्ने छैन, किनभने हामीसँग भौतिक पूर्वाधार र प्रशस्त जमिन छ।’

ओझाले भने– ‘रजिष्ट्रेशन संगसंगै स्कुल छिर्नेबेला सेनिटाइजर,मास्कको पनि व्यवस्था छ । प्रशस्त सामाजिक दुरी भएपछि कुनै समस्या छैन् । सरकारले काठमाडौँ वर्ल्ड स्कुललाई अध्ययन, अध्यापन सुरु गर्न भन्यो भने हामीलाई कुनै समस्या छैन् । हामी पुर्ण रुपमा तयार भएर बसेका छौँ ।’ उनले भने–’कक्षाकोठामा पनि विद्यार्थीलाई भौतिक दुरी राख्न कुनै समस्या छैन् । आधारभुत तहमा थोरै विद्यार्थी छन् । ठुला कक्षामा पनि हामीले प्रशस्त दुरी राखेर पढ्ने वातावरण तयार गरेका छौँ ।’

ओझाका अनुसार विद्यार्थी बोक्ने स्कुल बसमा नियमित सेनिटाइजर गरिराखिएको छ । अहिले पनि कुनै समस्या छैन् । उनका अनुसार अहिलेपनि काठमाडौँ वर्ल्ड स्कुलसंग कोरोनाकै समयमा पनि विद्यार्थीलाई भौतिक उपस्थितीमै पढाउन सकिने व्यवस्थापन छ । तर सरकारले निर्देशन नदिइ बिद्यालयमा पठन पाठन गराउन समस्या हुन्छ ।

विद्यालयमा उपयुक्त कक्षा कोठा छ। बाहिरको क्षेत्रका साथै क्यान्टिन पनि फराकिलो छ। उनका अनुसार खाना पकाउने ‘सेफ टिम’ले स्वस्थकर खानामा ध्यान पुर्‍याइरहेको छ। बाहिरका र जंक खाना निषेध छ। विद्यालयले अनुशासनमा बढी जोड दिएका कारण अभिभावककको रोजाइमा आफूहरूको विद्यालय पर्ने वरिष्ठ प्रशासकीय अधिकृत शिवराज ओझा बताउँछन्। वैज्ञानिक र आधुनिक शिक्षा प्रणाली अवलम्बन गर्दै आफूहरू अघि बढिरहेको ओझा बताउँछन्।

 

ताजा अपडेट

खोजी गर्नुहोस