भारतको दिल्लीमा भेटियो कोरोनाको नयाँ भेरियन्ट `ओमिक्रोन`

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ मंसिर १९, आईतबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाडौं । भारतको दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट `ओमिक्रोन` को सङ्क्रमण देखिएको छ ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार तान्जेनियाबाट दिल्ली फर्किएका ३७ वर्षीय व्यक्तिमा कोरोनाको नयाँ सङ्क्रमण देखिएको हो । ती व्यक्तिको एलएनजेपी अस्पतालमा भइरहेको बताइएको छ ।

भारतमा यो ओमिक्रोन भेरियन्टका पाँचौँ ,केस, हो । यसअघि बेङ्गलोर (कर्नाटक)मा दुई, मुम्बईमा एक र गुजरातमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको थियो ।

अहिलेसम्म १७ जनामा कोभिड परीक्षण पोजेटिभ पाइएको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको स्वास्थ्यमन्त्री जैनले बताए ।

गएको हप्ता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ओमिक्रोन भेरियन्टलाई लिएर चिन्ता व्यक्त गर्दै प्रभावित देशमा यात्रा प्रतिबन्ध लगाउन प्रधानमन्त्री नरेन्द्र मोदीसँग अपिल गरेका थिए ।

अहिलेसम्म विश्वका २३ देशमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भइसकेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस