सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखियो: बालेन शाह

Post Thumbnail

साउन २७,काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको बताएका छन् । शनिबार बुक फ्रि फ्राइडे कार्यक्रमका गतिविधिबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मेयर शाहले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीहरुमा प्राविधिक विषयको सिकाइप्रति उत्साह देखिएको बताएका हुन् ।

मेयर शाहले भनेका छन् स् ‘सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीहरुमा विषय सिकाइप्रति उत्साह देखिएको हो ।’

महानगरपालिकाले शुक्रबार बुक फ्रि फ्राइडे कार्यक्रम अन्तर्गत काठमाडौँका भानु माध्यामिका विद्यालय र पद्मोदय माध्यामिक विद्यालयमा प्रावधिक विषयको सिकाइबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो । शाहले बुक फ्रि फ्राइडेका कार्यक्रम अन्तर्गत शिक्षामा सिप कार्यक्रमको अर्को सत्र सञ्चालनको तयारी गरिएको समेत जानकारी दिएका छन् ।

काठमाडौँ महानगरपालिकाले प्रत्येक शुक्रबार बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस