दिपू वर्णवाल
जेठ ७, वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ८ पानीटंकीस्थित डेसिमल कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । वीरगंजको बाइपासस्थित ओम होटल एण्ड पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच विद्यार्थीलाई विदाई गरिएको हो ।
डेसीमल कलेजका अध्यक्ष सन्नी दुबेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कक्षा १२ पछि सही गन्तव्य छानेर अघि बढ्न सुझाव दिए ।
अध्ययनसँगै अन्य सामाजिक क्रियाकलाप तथा अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहन उनले आग्रह गरेका छन् । समाज बुझ्न जरुरी रहेको बताउँदै उनले वीरगञ्ज महानगरले गर्ने क्रियाकलापमा पनि सकारात्मक सुझावसहितको प्रस्ताव दिन अनुरोध गरेका छन् । कार्यक्रममा नेशनल प्याब्सन पर्साका सल्लाहकार रामविनय चौरसिया, ट्यालेन्ट इन्डियाका प्रमुख कार्यकारी निर्देशक नभदिप गर्ग, सिटी स्कुल अफ वीरगञ्जका संस्थापक सन्तोष गुप्ता, सगरमाथा स्कुलका सञ्चालक जियालाल गुप्ता लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै मधेश लोकसेवाका सञ्चालक निखिल पासवान, सनराइज स्कुलका संस्थापक राजेन्द्र पटेल, सरस्वती स्कुलका संस्थापक अनिल साह, नृसिंह स्कुलका शम्भु साह लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती पनि प्रस्तुत गरेका थिए । सोही अवसरमा कक्षा १२ को परीक्षा दिएका २५० जना विद्यार्थीलाई विदाई गरिएको हो । कार्यक्रमको सहजीकरण कलेजका व्यवस्थापन संकायमा अध्ययनरत कक्षा ११ की दिभीका कर्ण र स्वर्णा साहले गरेका थिए ।