जेठ ३०, काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक ३२५ एल नेपालको लायनबर्ष २०२४–२०२५ को डिष्ट्रिक क्याविनेट अफिसर स्कुलिङ्ग कार्यक्रम हिजो धुलिखेलमा डिष्ट्रिक गभर्नर ईलेक्ट लायन सुमन भट्टको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त डिष्ट्रिक क्याविनेट अफिसर स्कुलिङ्ग कार्यक्रममा १३५ जनाक्याविनेटका विभिन्न पदाधिकारीहरु त्था अन्य गरेर १५० जनाको भन्दा बढिको सहभागिता रहेको थियो । जेठ २५ गते देखि २७ गते ३ दिनको डिष्ट्रिक क्याविनेट अफिसर स्कुलिङ्ग कार्यक्रममा डिष्ट्रिक गभर्नर ईलेक्ट लायन सुमन भट्टले लायनबर्ष २०२४–२०२५ को कार्यक्रमहरुको बारेमाविस्तृत रुपमाजानकारी गराउनु भएको थियो भने लायन्स क्लब, यसको स्थापनाको ईतिहास, नेपालमालायन्स मार्फत गरिएको मानवीय सेवा र यसले नेपालमा सेवाको क्षेत्रमा खेलेको महत्वपुर्ण भूमिकाको सम्बन्धमा चर्चा गरिएको थियो । साथै डिष्ट्रिकका मनोनित सिनियर क्याविनेट अफिसरहरुलाई निवर्तमान डिष्ट्रिक गभर्नर लायन मणि श्री रत्नबज्राचार्यले, तथा जोन चियरपरसनहरुलाई डिष्ट्रिक गभर्नर ईलेक्ट लायन सुमन भट्टले र रिजन चियरपरसनहरुलाई प्रथमभाईस डिष्ट्रिक गभर्नर लायन एक नारायण शर्माले पदियदायित्व अनुसारको काम, कर्तव्य र अधिकार सम्बन्धमा भिन्ना भिन्नै प्रशिक्षण दिनु भएको थियो ।