योगले नै सिकाउछ जीवनको सार

योगले नै सिकाउछ जीवनको सार

झरना केसि———–

आफैलाई बुझ्न सिकौ, गरौ आफैंलाई माया!
अरुत क्षणिक हुन दुई दिनको घाम
छाया!!

योग गरौं योगले नै सिकाउँछ जिबनको सार!
जस्तो सुकै कठिनाई पनि लाग्ने छैन
भार!!

बिहानिको मन्त्रले मनलाई तार
लाउछ!
सुक्ष्म ब्यायाम गर्दा खेरि सबै कोष ब्युझाउछ!!
आसन सिद्ध भयो भने सबै रोग
भगाउछ!!

प्रणायमले झनै आन्तरिक शक्ति
जगाउछ!!
ध्यानले त झनै जन्म मृत्युको सार
सिकाउछ!!
गर्ने त केही होइन केबल हात खुट्टा
चलाउने हो!
स्वासप्रस्वासमा सजग भै योग आसन
गर्ने हो!!
तर पनि कति औषधि छ श्वास भित्रै हामिले खोजेनौ!
आफै भित्रको संजिबनी बुटि कहिल्यै
बुझेनौ!!

बरु जान्छौ हस्पिटल धाउन महङ्गो उपचार गर्नलाई!
थेरापी जान्छौ, बरु जान्छौ अक्सिजन सिलिन्डर भर्नलाई!!
बिहानिको निद्रा कति मीठो भनि सिरक तानी सुत्नेलाई!
ब्रम्हमुर्तनै सारा रोगको औषधि हो,के भन्नुर नबुझनेलाई!!
यक डेढ घन्टा दुख दिय के हुन्छ सरिरलाई!
अनि त आराम आराम दिन्छ नि दिन भरिलाई!!
किन दौडिन्छौ हे सधै ससांरिक माया जालमा!
उर्जा कति छ लिन सकेनौ ब्राह्मणिय थालमा!!
आफू को हुँ, नचिनी गयौ भने त्यो पनि पाप हो!
शरीरलाई ब्यायाम नदिनु पनि आफैमा

अभिसाप हो!!
अझै पनि केही बिग्रीयको छैन आउनुहोस योग गर्नलाई!
मनै देखि खुशी भै,तन मन सरिरमा दिब्य उर्जा भर्नलाई!!
अन्जानमा कुनै कर्म भयको भय ध्यानबाट जलाईदिउ!
बाँकी सत्य जे बच्छ, त्यही परमात्मालाई बुझाईदिउ!!
सकारात्मक सोच स्वर्ग हो भने नकारात्मक सोच नर्क हो!
ईस्वर कण कणमा छन जाने,छैनन भन्ने नबुझ्नेको तर्क हो!!
योगमा जोडिय अहिलेलाई यति जाने पुग्छ!
सतसंग गरौं हजुर यो मन त्यसै भित्र
डुब्छ!!

 

ताजा अपडेट

खोजी गर्नुहोस