सिस्नेरीको दुखद घटनापछि एन्फा एकेडेमी अब हेटौडा एकेडेमीले संचालन गर्ने

सिस्नेरीको दुखद घटनापछि एन्फा एकेडेमी अब हेटौडा एकेडेमीले संचालन गर्ने

मंसिर ११,काठमाडौँ । सहिद स्मारकमा रहेको हेटौँडा एकेडेमी आवासिय माध्यमिक विद्यालयमा अब फुटबल एकेडेमी पनि सञ्चालन हुने भएको छ । सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि एन्फा पदाधिकारीहरू र विद्यालयबिच फुटबल एकेडेमी सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यही असोज १२ गतेको अविरल वर्षापछि सिस्नेरीको वत्सलादेवी मा.वि.मा दुखद घटना घटेसंगै एन्फाले त्यहाँको फुटबल कार्यक्रम स्थगन गरेपछि हेटौँडा एकेडेमीले यस अवसर प्राप्त गर्न सफल भएको एन्फा महासचिव किरण राइले बताए ।

अब फुटबल एकेडेमीमा रहेका बाँकी विद्यार्थीहरुलाइ हेटौँडा एकेडेमीको व्यवस्थापनमा अध्ययन सहित फुटबलको तालिम एकेडेमीकै मैदानमा सञ्चालन गरिने विद्यालयका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले जानकारी दिए ।

यसो त हेटौँडा एकेडेमीले खेलकुद क्षेत्रलाई विशेष महत्व दिँदै आइरहेको थियो । एकेडेमीका फाउण्डर अध्यक्ष अरुणराज सुमार्गीले शिक्षासंगै एकेडेमीलाई खेलकुदको पनि अब्बल शैक्षिक संस्थाको रुपमा विकास गरिन लागेको अनलाइनकेन्द्रलाई बताए । उनले यसअघि क्रिकेटलाई एकेडेमीले आफ्नो प्राथामिकतामा राखेर क्रिकेट मैदान नै बनाएको बताए । ‘एकपछि अर्को गर्दै हामी एकेडेमीलाई हरेक क्षेत्रमा अब्बल बनाउन लागिरहेका छौ, त्यसको फाइदा सम्पुर्ण विद्यार्थी तथा अभिभावकले पाउनुहुनेछ’, सुमार्गीले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस