फागुन २३,मकवानपुर । हेटौँडा एकेडेमीले आफ्नो २६ औँ बार्षिक उत्सव एवं अभिभावक दिवस भव्यताका साथ मनाएको छ । एकेडेमीको प्रागंणमा भएको कार्यक्रमको बागमती विश्व बिद्यालय बोर्ड अफ ट्रस्टीका अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेलले उद्धघाटन गरे । एकेडेमीका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा एकेडेमीका बिद्यार्थीले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष सुमार्गीले बिद्यालयले हरेक कुरामा अब्बल सावित गरेको बताए ।
उनले खासगरी नेतृत्व विकास,खेलकुद र सिपयुक्त शिक्षामा बिद्यालयले जोड दिएको बताए । उनले बिद्यालयको हरेक योजनामा अभिभावकले साथ दिँदै आएको बताए । सुमार्गीले निजि बिद्यालयले उत्पादन गरेका जनशक्ति राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अब्बल रहेको बताए । अध्यक्ष सुमार्गीले नेपाली संस्कृति,संस्कार र मौलिकतालाई बिद्यालयले मुख्य जोड दिएको बताए । उनले भने-‘हामी अंग्रेजी बिद्यालय हौँ,तर यहाँ संस्कृत पनि पढाई हुन्छ ।’ सुमार्गीले मोफसलमा नेपालको उत्कृष्ट बिद्यालय बनाउने गरी आगामी दिनमा थप शैक्षिक योजना ल्याउन लागेको जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका बागमती विश्वविद्यालय बोर्ड अफ ट्रस्टीका अध्यक्ष प्रा.डा. पौडेलले शिक्षा राज्यको पहिलो प्राथामिकतामा पर्नुपर्नेमा जोड दिए । उनले हेटौडा एकेडेमी २६ बर्ष पहिले स्थापना हुनु हेटौडाको लागि सुनौलो पक्ष भएको बताए । शुभकमना सन्देश दिदै पौडेलले राज्यले प्रदान गर्ने शिक्षाले मानवलाई सुविधायुक्त बनाउने कला सिकाउन पाठ्यक्रम बनाउन विश्वबिद्यालयले तयारी गरेको बताए । उनले भने-“हाम्रा सबै पाठ्यक्रम प्राविधिक र सिपमुलक हुन्छन्,हामी आगामी बर्षदेखि स्नातक तहमा प्राविधिक कोर्स सुरु गछौँ, प्रविधिमैत्री शिक्षामा हामी फोकस हुन्छौँ ।” पौडेलले १३ वटै जिल्लामा कार्यक्षेत्र रहेकोले सबै जिल्लामा कार्यक्रम अघि सार्ने बताए । देशभर विभिन्न विश्वबिद्यालय रहेपनि बागमती विश्वबिद्यालयको औचित्य पुष्टि गर्न आफु केन्द्रित रहेको पौडेलले सुनाए ।
यसैगरी कार्यक्रममा राष्ट्रिय सभाका पुर्व सांसद एवं थाहा अभियन्ता समेत रहेका बरिष्ठ अधिवक्ता रामनारायण विडारीले एकेडेमीको भव्य सफलताको शुभकामना व्यक्त गरे । उनले बिद्यार्थीलाई सही शिक्षा दिन सकेमात्र देशले मुहार फेर्ने बताए । बिडारीले अहिलेको समयमा अनुशासन र सही ज्ञानले मात्र व्यक्तिको सफलता जोडिने भएकोले हेटौडा एकेडेमीले संस्कार र संस्कृतिसहितको शिक्षा दिएर निजी बिद्यालयहरुको नमुना पेश गरेको बताए ।
कार्यक्रममा काठमाडौँको चर्चित तथा नमुना बिद्यालय लर्निङ रेलम इन्टरनेशनल स्कुल (एलआरआई) का संस्थापक एवंम शिक्षाविद शिवराज पन्तले राजधानीबाट टाढा रहेतापनि हेटौडा एकेडेमीले गरेको प्रगतिबाट आफुलाई खुसी लागेको बताए । उनले बिद्यार्थीहरुको क्षमताको कदर हुनुपर्ने बताउदै प्रदर्शनीमा राखिएको कला र क्षमताबाट आफु प्रभावित भएको बताए ।
कार्यक्रममा एकेडेमीका प्राचार्य धिरज क्षत्री बोगटीले बिद्यालयको बार्षिक प्रगती प्रतिवेदन पेश गरेका थिए । त्यसैगरी एकेडेमीका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले विद्यालयमा शैक्षिक विकासको लागि गुणस्तरमा ध्यान दिएको बताए । उनले बिद्यार्थी,अभिभावक र शिक्षकको मेहनतले नै आज हरेक क्षेत्रमा बिद्यालयले सफलता प्राप्त गर्दै गइरहेको बताए ।
कार्यक्रममा बिद्यार्थीहरुले स्वस्ती वाचन, एनसीसीको क्याडेट प्रदर्शनी र बिद्यार्थीहरुले अतिथीहरुलाई आ आफ्नो तर्फबाट स्वागत गरेका थिए । दिनैभरी चलेको कार्यक्रममा बिद्यार्थीहरुले नृत्य,गितसंगित,पेशागत प्रदर्शनी,बिज्ञान प्रदर्शनी,हस्तकला,चित्रकला एवंम पाकशालाको प्रदर्शनी गरेका थिए । प्रदर्शनीको अभिभावक,बिद्यार्थी तथा अतिथीहरुले अवलोकन गरेका थिए ।
कार्यक्रममा बिद्यालयमा बर्षभरी विविध विधामा उत्कृष्ट काम गर्ने शिक्षक एवंक कर्मचारीलाई प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।
सोही अवसरमा बिद्यालयले अभिभावकलाई उत्साहित बनाउन लक्की ड्र मार्फत पहिलो,दोस्रो र तेस्रो हुने अभिभावकलाई आइरन,इन्डक्सन चुलो र फ्राई मेसिन प्रदान गरेको थियो ।
कार्यक्रममा हेटौडा उपमहानगर वडा नम्बर १ का अध्यक्ष एवंम नगर प्रवक्ता सविन न्यौपाने, त्यसैगरी वडा नम्बर ११ की अध्यक्ष जुना दाहाल,मकवानपुर जिल्ला प्रहरी प्रमुख विश्वराज खड्का,शसस्त्र प्रहरी बल मकवानपुरका प्रमुख ज्ञान प्रसाद भुर्तेल, लर्निङ रेलम इन्टरनेशनल स्कुल (एलआरआई) की फाउण्डर यशोधरा पन्त,एकेडेमीकी बोर्ड सदस्य अंकिता सुमार्गी, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, लगायत शिक्षाप्रेमी,शिक्षक,अभिभावक तथा विद्यार्थीको उल्लेखनिय उपस्थिती रहेको थियो ।