चैत्र २८,काठमाडौँ । आन्दोलनरत शिक्षक महासंघले सरकारसँग बिहीबार गरेको वार्ता निष्कर्षविहीन टुंगिएको छ ।
पटकपटक सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै आएको महासंघ बिहीबार साँझ महासंघकी सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली लिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको थियो ।
सरकारको तर्फबाट शिक्षा मन्त्री विद्या भट्टराईको टोली सहभागी थियो ५ बजेदेखि सुरु भएको वार्ता करिब डेढ घण्टा चलेको थियो ।
महासंघबाट नेतृव गरेर गएकी पराजुलीले छलफल सकारात्मक भएको र आफ्नो धारणा राखेको बताइन् ।
‘महासंघले विगतमा भएको सहमतिको कार्यनयन गर्दै ऐन जारी गर्न भनेको छ । विशेष अधिवेशन, बर्खे अधिवेशन तत्काल बोलाएर वा अध्यादेशबाट ल्याउने वातावरण बनाउन भन्यौं । मन्त्रालय गम्भीर भएको पाइयो,’ पराजुलीले भनिन् ।