शिक्षकहरुको आन्दोलनकाबीच शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षकहरुको आन्दोलनकाबीच शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।

आन्दोलनरत शिक्षक महासंघसँगको बार्तामा निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई दबाबमा पर्नुभएको थियो । आजै बेलुकी बोलाइएको मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीलाई भेटेर मन्त्री भट्टराईले राजीनामा दिएकी हुन् । राजीनामा स्वीकृत हुन बाँकी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

शिक्षा मन्त्रालयलले तयार पारेको सात बुँदे प्रस्तावलाई आजको मन्त्रिपरिषदमा पेश गर्ने तयारी थियो ।

कास्की क्षेत्र नम्बर-२ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद बनेकी उनी गत ३१ असारमा शिक्षामन्त्रीमा नियुक्त भएकी थिइन् । शिक्षामन्त्री बन्नुअघि उनी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्यको रूपमा सक्रिय थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस