कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्ड बैठक बस्न लागेको हो ।

बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । परीक्षा वैशाख ११ मा शुरु हुने भएर २४ गते सकिने बोर्डको तालिका छ ।

शिक्षा ऐन जारी गनुपर्ने तथा अघिल्ला सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै देशभरका शिक्षक अहिले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि उनीहरू माइतीघर-बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् ।

सरकार र महासंघका प्रतिनिधिबीच पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन । यसबीचमा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस