शिक्षकहरुले आन्दोलनलाई अझै सशक्त बनाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ९, मंगलबार (४ घण्टा अघि)
  • ७९ पटक पढिएको
शिक्षकहरुले आन्दोलनलाई अझै सशक्त बनाउने

काठमाडौँ । २१ दिनदेखि सडक संघर्षमा रहेका शिक्षकहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिने भएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि विहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन् ।

कार्यालय समयमा मुख्य सडक बन्द हुँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन् । माइतीघर–तीनकुने सडकमा सार्वजनिक सवारी साधन नचल्दा कर्मचारी चर्को घाममा हिँडेरै कार्यालयसम्म पुग्नुपर्ने बाध्यता छ भने वैकल्पिक मार्ग हुँदै चल्ने निजी सवारी साधान पनि लामो जाममा पर्ने गरेका छन् ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आन्दोलनलाई निर्णायक बनाउन अझ जोडबलसहित सहभागी हुन शिक्षकहरुलाई आह्वान गरेका छन् ।

आन्दोलन समितिकी संयोजक नानुमाया पराजुलीले सरकारले आफूहरुको मागलाई गम्भीरतापूर्वक नलिएको भन्दै यसबाट उत्पन्न सबै परिस्थितिको जिम्मा सरकारले नै लिनुपर्ने बताइन् । उनले ऐन ल्याउनुको साटो आफूहरुलाई अल्मलाउने र थकाउने रणनीतिमा सरकार लागेको भन्दै यसपटक रित्तो हात नफर्किने अडानबाट पछि नहट्ने बताइन् ।

शिक्षकहरुको आन्दोलनकै बीच हिजो शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् । उनले स्वास्थ्यको कारण देखाए पनि शिक्षकको आन्दोलन चर्कदै जादा राजनितिक रुपमा दवाबमा परेपछि राजीनामा बुझाएकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस