शिक्षक आन्दोलनको समय परिर्वतन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ९, मंगलबार (८ घण्टा अघि)
  • ५८ पटक पढिएको
शिक्षक आन्दोलनको समय परिर्वतन

काठमाडौँ । शिक्षकहरुको आन्दोलनको समय हेरफेर भएको छ । २१ दिनदेखि जारी काठमाडौं केन्द्रित शैक्षिक आन्दोलनको समय हेरफेर गरिएको नेपाल शिक्षक महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बुधबारबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आन्दोलन हुने जानकारी दिए । यसअघि शिक्षकहरूले बिहान ९ बजेदेखि १२ बजेसम्म आन्दोलनको समय तोकेका थिए ।

शिक्षा ऐन जारी तथा शिक्षकसँग सरकारले गरेका सहमति कार्यान्वयन लगायत विभिन्न माग राख्दै सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा रहेका छन् ।

शिक्षकहरू अहिले माइतीघर मण्डलदेखि नयाँबानेश्वरसम्मको सडकमा गीत गाउँदै, नाच्दै सरकारसँग आफ्ना माग सम्बोधन गर्न अनुरोध गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस