तिलगंगामा आँखाको क्यान्सर तथा अकुलोप्लाष्टि केन्द्रित अपरेशन थिएटरको उद्घाटन

तिलगंगामा आँखाको क्यान्सर तथा अकुलोप्लाष्टि केन्द्रित अपरेशन थिएटरको उद्घाटन

बैशाख १२,काठमाडौँ । तिलगंगामा आँखाको क्यान्सर तथा अकुलोप्लाष्टि केन्द्रित अपरेशन थिएटरको उद्घाटन नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले थप नयाँ शल्यक्रिया कक्ष निर्माण गरी सञ्चालनमा ल्याउने भएको छ । प्रतिष्ठानले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रुइटले आँखाको क्यान्सर तथा अकुलोप्लाष्टि केन्द्रित शल्यक्रिया कक्षको विधिवत् उद्घाटन गरेका छन् ।

आँखा स्वास्थ्यको क्षेत्रमा ३ दशक भन्दा लामो यात्रा पार गरी लाखौको जनसंख्यामा उपचार सम्भव गराएको अनुभवलाई आधार मान्दै, बिरामीहरुलाई आवश्यक उपचार सेवा प्रदान गर्ने मात्र नभई वहाँहरुलाई गुणस्तरिय, झन्झट रहित र समय सापेक्ष उपचार प्रदान गर्नुका साथै समय व्यवस्थापनलाई थप ध्यानमा राख्नु आवश्यक हुन्छ । यस्तै कारणहरुलाई आधार मानी हाल ब्लकबि’को दोश्रो तल्लामा रहेको शल्यक्रिया कक्ष बाहेक चौथो तलामा थप नयाँ शल्यक्रिया कक्ष निर्माण गरिएकोर सोकक्षमा आँखा स्वास्थ्यमा नयाँ आयामका रुपमा एस्थेटिक अकुलोप्लाष्टि सेवा विस्तार गरिएको छ । एस्थेटिक अकुलोप्लाष्टि भन्नाले आँखारोग उपचारको यस्तो विषय हो जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ ।

शल्यक्रिया या अन्य उपचार पद्धतीबाट सुधार एवम् परिवर्तन ल्याउन मद्धत गर्ने विषय भएकाले यस प्रतिको चाँसो नेपाली समाजमा बढ्दो छ । चिकित्सकको निर्देशन अनुसार समय–समयमा गरिने उपचार, बोटक्सबाट अनुहारको चाउरीपन,घाँटीको चाउरीपन, लगायत अन्य आँखा समस्याको उपचार गर्न सकिनेछ । यस बाहेक पनि प्रत्येक दिन प्रदान हुने अस्पतालका अन्य सेवालाई थप सरलिकृत गर्न, सेवाग्राहिहरुलाई छिटो–छरितो सेवा प्रदान गर्दै उच्च गुणस्तर कायम राख्न अस्पताल व्यवस्थापनले काम गरिरहेको अवगत गराउँदछौं ।

ताजा अपडेट

खोजी गर्नुहोस