सिंहदरबारमा शिक्षक र सरकारबीच वार्ता जारी

सिंहदरबारमा शिक्षक र सरकारबीच वार्ता जारी

काठमाडौं । शिक्षक र सरकारबीच शिक्षा मन्त्रालयमा वार्ता जारी छ । शिक्षामन्त्री रघुजी पन्तले बोलाएपछि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधि शनिबार बिहान साढे ७ बजे वार्ताका लागि सिंहदरबार गएका हुन्।

वार्तामा शिक्षा मन्त्री र सचिवसहित शिक्षक महासंघका प्रतिनिधि सहभागी रहेको महासंघका महसचिव तुलाबहादुर थापाले जानकारी दिए । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षक/कर्मचारीलाई तीन दिनभित्र उनीहरूको संविधानसम्मत माग सम्बोधन गरी विद्यालय फर्किने वातावरण बनाउन आदेश दिएपछि सरकार र शिक्षक दुवै पक्ष निकास निकाल्नुपर्ने दबाबमा छन् ।

सरकार र महासंघबीच शुक्रबार नै वार्ता तय भए पनि मन्त्रालयले २५ जनाको नाम तोकेर बोलाएकामा आपत्ति जनाउदै शिक्षकहरु वार्त नगरी सिंहदरबार गेटबाटै फर्किएका थिए ।

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू २५ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, एसईईको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षालगायतका शैक्षिक गतिविधि प्रभावित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस