तिलोत्तमाका नगरप्रमुख घिमिरेमाथी निर्वाचन आयोगमा उजुरी

Post Thumbnail

बैशाख २०,रूपन्देही । जिल्लाको तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरेले पदबाट राजिनामा नदिईकन चुनावी प्रचारप्रसारमा हिडेको भन्दै कार्वाहीका लागि निर्वाचन अधिकृतको कार्याालयमा उजुरी परेको छ । रुपन्देहीको तिलोत्तमा ११ का स्थानीय प्रदिप थापाले निर्वाचन अधिकृतको कार्यालय तिलोत्तमामा नगरप्रमुख घिमिरेले निर्वाचन आचारसंहीता विपरित चुनावी कार्यक्रममा हिडेको भन्दै उजुरी परेको हो ।

वहालमै रहदा चुनावी प्रचारप्रशारमा हिड्नु आचारसंहीता विपरित भएको भन्दै थापाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । निर्वाचन आचारसंहीता उलंघन गर्ने नगरप्रमुख घिमिरेमाथी कार्वाहीको माग समेत गरेको उजुरी पत्रमा उल्लेख गरिएको छ । थापाले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगी उजुरी दिएका हुन् । मेयर घिमिरेले आइतवार एक पत्रकार सम्मेलनमा प्रमख अतिथिका रूपमा बोल्दै केन्द्रीय नेता मन्त्रीले आचार संहिता उल्घन गरेकाले आफुले पनि निर्वाचन आचारसंहिता पालना नगरेको दावि गरेका थिए । उनले हालसम्म पनि मेयर पदवाट राजिनामा दिएका छैनन ।

ताजा अपडेट

खोजी गर्नुहोस