बैशाख २५,काठमाडौँ । पार्टी स्थापना भएको ९ महिनाकै बीचमा स्थानीय तहको निर्वाचनमा जाँदा नेकपा एकिकृत समाजवादीका हालसम्म २ गाँउपालिका अध्यक्ष,२ उपाध्यक्षसहित ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचन आयोगका अनुसार डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अङ्गदकुमार राना, छार्का ताङसोङ गाउँपालिका अध्यक्षमा समाजवादीकै सेनाङ गुरुङ निर्वाचित भएका छन् ।
त्यसैगरी डोल्पाको छार्का ताङसोङको उपाध्यक्षमा कर्म ढुन्डप गुरुङ र डोल्पोबुद्धको उपाध्यक्षमा समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्वाचित भएका हुन् ।