जेठ १,धादिङ । धादिङको थाक्रेमा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । वडा नम्बर १ को अध्यक्षमा एमालेका श्याम सुन्दर थापाको समुह निर्वाचित भएको हो ।
थापाले ६४१ मत सहित विजयी हुँदा वडा अध्यक्षमा काँग्रेसका ईन्द्रबहादुर थापाले ५०१ र नेकपा माओवादीका राजकुमार कमरले ३८० मत ल्याएका छन् ।
वडा नम्बर १ मा गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवारलाई ७ सय ७२ र एमालेका उम्मेदवारलाई ६ सय ४१ मत खसेको छ । त्यस्तै गठबन्धनतर्फ उपाध्यक्षलाई ७ सय २५ मत र एमालेको उम्मदवारलाई ५ सय ९१ मत खसेको छ ।