जेठ ३,धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी र उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।
बेनीघाङ रोराङको अध्यक्षमा माओवादीका कृष्णबहादुर थपलिया ७ हजार ६ सय ८० मत सहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवप्रसाद त्रिपाठीले ५ हजार ७२ मत ल्याए ।
उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका टापबहादुर श्रेष्ठ पाँच हजार नौ सय एक मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हीरादेवी रेग्मीले चार हजार ६ सय ६७ मत ल्याइन्।