जेठ ५,धादिङ । जिल्लाको थाक्रे गाउँपालिकाको मतगणना जारी छ । नीलकण्ठमा भारी मतका साथ मेयर भिम ढुङ्गाना र उप मेयर दिपक विश्वकर्मा निर्वाचित भएका छन् यद्यपी घोषण भने गरिएको छैन । १२ वटा पालिकाको नतिजा आउँदा कांग्रेसले ७ वटा, माओवादी केन्द्रले ३ वटा, एमाले र एकीकृत समाजवादीले ११ वटा पालिका अध्यक्ष जितेका छन् ।
नीलकण्ठको मेयरमा कांग्रेसका ढुङ्गाना र उपमेयरमा माओवादीका विश्वकर्मा विजयी
धादिङ जिल्लाको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका मेयरमा फेरि कांग्रेसका भिम ढुङ्गाना निर्वाचित भएका छन् भने उप मेयरमा माओवादी केन्द्रका दिपक विश्वकर्मा विजयी भएका छन् । ढुङ्गानाले १३, ६७५ मत मत ल्याएका छन् भने उनको निकटम प्रतिद्वन्दी एमाले उम्मेदवार गंगादेवी श्रेष्ठले ७६८४ मत ल्याईन । यस्तै उपमेयरमा विश्वकर्माले ९००३ मत ल्याएका थिए भने प्रतिद्वन्दीहरु एमालेका फन्द्रा तामाङको ७७८० मत र स्वतन्त्रका उम्मेदवार कल्पना अधिकारीको ४३७१ मत रहेको थियो ।
नीलकण्ठमा वडा अध्यक्षको नतिजा यस्तो छ
नीलकण्ठ १ गणेशबहादुर गुरुङ, माओवादी केन्द्र
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ, माओवादी केन्द्र
नीलकण्ठ ३ राजकुमार श्रेष्ठ, स्वतन्त्र
नीलकण्ठ ४ मा हरि बहादुर, श्रेष्ठ एमाले
नीलकण्ठ ५ रामबहादुर श्रेष्ठ, माओवादी केन्द्र
नीलकण्ठ ६ भुपेन्द्र श्रेष्ठ, कांग्रेस (गोलाप्रथाबाट)
नीलकण्ठ ७ गौतम हरि अधिकारी, कांग्रेस
नीलकण्ठ ८ प्रकाश कुमार श्रेष्ठ, स्वतन्त्र
नीलकण्ठ ९ राजन बराइली, कांग्रेस
नीलकण्ठ १० सरोज पाण्डे, कांग्रेस
नीलकण्ठ ११ रामबहादुर श्रेष्ठ कांग्रेस
नीलकण्ठ १२ मा राजकुमार भण्डारी, कांग्रेस
नीलकण्ठ १३ सोम बहादुर गुरुङ, कांग्रेस
नीलकण्ठ १४ नमराज दुवाडी माओवादी केन्द्र
धुनीबेसीको मेयरमा एकीकृत समाजवादीका आचार्य विजयी
धुनीबेसी नगरपालिकाको मेयरमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन् । आचार्यले ८७०६ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी नेकपा एकालेका रामराजा पाण्डेले ६५९२ मत ल्याएका थिए । यस्तै उपमेयरमा गठबन्धन कै साझा उम्मेदवार नेपाली कांग्रेसका सुरज उप्रेती विजयी भएका छन् । उप्रेतीले ८३८७ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी एमालेकी मन्दिरा श्रेष्ठले ६४७० मत ल्याएकी थिईन् ।
विजयी वडा अध्यक्षहरु
धुनीबेसी १ मानबहादुर तामाङ माओवादी केन्द्र
धुनीबेसी २ लक्ष्यजित तामाङ एकीकृत समाजवादी
धुनीबेसी ३ प्रकाश हमाल कांग्रेस
धुनीबेसी ४ हरि सुवेदी एकीकृत समाजवादी
धुनीबेसी ५ विशाल भट्टराई स्वतन्त्र
धुनीबेसी ६ रमेशप्रसाद आचार्य माओवादी केन्द्र
धुनिवेशी ७ यदुनाथ पाठक कांग्रेस
धुनीबेसी ८ रामकृष्ण रेग्मी माओवादी केन्द्र
धुनीबेसी ९ माधव प्रसाद सिलवाल कांग्रेस
बेनीघाट रोराङको अध्यक्षमा माओवादी केन्द्रका विवेक थपलिया विजयी
बेनीघाट रोराङ गाउँपालिका अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार कृष्ण थपलिया (विवेक) विजयी भएका छन् । उपाध्यक्षमा पनि गठबन्धन कै साझा उम्मेदवार एकीकृत समाजवादीका टाप बहादुर श्रेष्ठ विजयी भएका छन् । अध्यक्ष पदमा विवेकले ७,६८० मत ल्याई विजयी भएका हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेका देव प्रसाद त्रिपाठीले ५,०७२ मत पाएका थिए । यस्तै उपध्यक्षमा श्रेष्ठले ५,९०१ मतले जितेका हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेकी हिरादेवि रेग्मीले ४,६६७ मत पाएकी थिईन् ।
यी हुन् निर्वाचित वडा अध्यक्षहरु
बेनीघाट रोराङ १ जीवन सिं तामाङ, कांग्रेस
बेनीघाट रोराङ २ हेमराज भुजेल, माओवादी केन्द्र
बेनीघाट रोराङ ३ मा भुवन, त्रिपाठी एमाले
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर, माओवादी केन्द्र
बेनीघाट रोराङ ५ शिव सिल्वाल, माओवादी केन्द्र
बेनीघाट रोराङ ६ मा टेकनाथ सिल्वाल, माओवादी केन्द्र
बेनीघाट रोराङ ७ मा कुमार बस्नेत, माओवादी केन्द्र
बेनीघाटरोराङ ८ राजकुमार श्रेष्ठ, माओवादी केन्द्र
बेनीघाट रोराङ ९ मा देवीबहादुर, खड्का एमाले
बेनीघाट रोराङ १० विकास प्रजा, कांग्रेस
रुबीभ्याली प्रमुखमा रामसिंह तामाङ र उप प्रमुखमा फेलामा तामाङ विजयी
धादिङको उत्तरी क्षेत्र समेटिएको रुबीभ्यालीमा गठबन्धनका उम्मेदवारले राप्रपाको गढ भत्काईदिएको छ । राप्रपाको वरिष्ठ उपाध्यक्ष बुघिमान तामाङको गाउँ राप्रपाको गढका रुपमा चिनिदै आएको थियो । कांग्रेस माओवादी र एकीकृत समाजवादीको चुनावी तालमेलले यो पटक राप्रपाको गढ भत्किएको हो । यो पटक राप्रपाका गोम्बा घलेलाई हराउँदै माओवादीका राम सिंह तामाङ गाउँपालिका अध्यक्षमा र धनकुमारी तामाङलाई हराउँदै कांग्रेसका फेलामा तामाङ उपाध्यक्षमा विजयी भएका हुन् ।जितका लागि राम सिंह तामाङले २७९२ मत ल्याएका थिए भने उनको प्रतिद्वन्दी गोम्बा घलेले २५९७ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार फेलामा तामाङले दुई हजार ९ सय ३ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धि राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार एक सय ३२ मत प्राप्त गरे ।
रुबीभ्यालीको विजयी वडा अध्यक्षहरु
वडा नं १ पम्वार तामाङ, नेपाली कांग्रेस
वडा नं २ रुप्पा घले, नेकपा एकीकृत समाजवादी
वडा नं ३ फेदोर्जे तामाङ, जासपा
वडा नं ४ प्रशान्त तामाङ, राप्रपा
वडा नं ५ रम्ब तामाङ, नेपाली कांग्रेस
वडा नं ६ समीर गुरुङ, नेकपा एकीकृत समाजवादी
गल्छीको प्रमुखमा गठबन्धनलाई हराउँदै, एमालेका केदार खतिवडा विजयी
गल्छी गाउँपालिकाको अध्यक्षमा गठबन्धनलाई हराउँदै एमालेका केदार खतिवडा विजयी भएका छन् । उनले ७३०९ मत ल्याउँदै विजयी भएका हुन् । उनको प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका कृष्णहरि श्रेष्ठले ७०५७ मत ल्याएका थिए । उपाध्यक्षमा भने गठबन्धनको उम्मेदवार भाईकाजी तिवारी विजयी भएका छन् उनले जितका लागि ७४९४ मत ल्याएका थिए । उनको निकटम प्रतिद्वन्दी एमालेका राधा लामिछानेले ७०४८ मत लयाएकी थिईन ।
वडा अध्यक्षका विजेताहरु
गल्छी १ यदुकुमार खतिवडा, एमाले
गल्छी २ षडानन्द खनाल, एमाले
गल्छी ३ राजन भुजेल, माओवादी केन्द्र
गल्छी ४ राजु अधिकारी, कांग्रेस
गल्छी ५ सरोज तामाङ, माओवादी केन्द्र
गल्छी ६ दिपक कार्की, कांग्रेस
गल्छी ७ हरिप्रसाद खतिवडा, एमाले
गल्छी ८ विशाल लुङ्गेली मगर, कांग्रेस
गंगजमुनाको प्रमुखमा कांग्रेसका लामा र माओवादीका सिंखडा विजयी
गंगजमुना गाउँपालिकाको प्रमुखमा भक्त लामा र उप प्रमुखमा माओवादीका रामेशवर सिंखडा विजयी भएका छन् । दुबै गठबन्धनका साझा उम्मेदवार हुन् ।
प्रमुखमा बिजयी लामाले ६ हजार दुइ सय ६२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले भक्तबहादुर लामिछानेले चार हजार ५० मत ल्याए । त्यस्तै गाउँपालिका उप प्रमुखमा माओवादी केन्द्रका रामेश्वर सिंखडाले पाँच हजार ३८ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी एञ्जिला तामाङले चार हजार एक सय ९६ मत प्राप्त गरेकी छिन् ।
निर्वाचित वडा अध्यक्षहरु
गंगाजमुना १ मा बहादुर तामाङ माओवादी केन्द्र
गंगाजमुना २ मा बलबहादुर तामाङ कांग्रेस
गंगाजमुना ३ मा राजकुमार गुरुङ कांग्रेस
गंगाजमुना ४ मा प्रेम घले नेकपा एमालेका
गंगाजमुना ५ मा कुमार बहादुर अधिकारी माओवादी केन्द्र
गंगाजमुना ६ मा रमेश ढकाल नेकपा एमालेका
गंगाजमुना ७ मा रविन अधिकारी एकीकृत समाजवादी
नेत्रावती डवजोङमा कांग्रेसका रिजाल विजयी, माओवादी शुन्य
नेत्रावती डवजोङमा कांग्रेसले आफ्नो पकड जमाएको छ । नेत्रावती डवजोङको पालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडा कांग्रेसले जितेको छ । वडा नम्बर ४ भने एमालेले जित्दै क्लिनस्वीप हुनबाट जोगियो भने माओवादीले वडा समेत जित्न सकेन । यस्तै एकीकृत समाजवादीले पनि आफ्नो उपस्थिति देखाउन असर्मथ भयो । अध्यक्षमा मेघनाथ रिजालले २ हजार ५४२ मत प्राप्त गरे मत ल्याउँदै विजयी भए भने उनको निकटम प्रतिद्वन्दी माओवादी केन्द्रको नेतृ उर्मिला तामाङले १६८३ मत ल्याईन । यस्तै उप प्रमुखमा कांग्रेसबाटै सिता गुरुङले २ हजार ७८६ मत ल्याउँदै विजयी भईन भने उनको निकटम प्रतिद्वन्दी एमाललेका बिना कुमारी मम्मा तामाङले १६३३ मत ल्याईन ।
विजेता वडा अध्यक्षहरु
नेत्रावती डबजोङ १ ठाकुर गुरुङ, कांग्रेस
नेत्रावती डब्जोङ २ मिनबहादुर तामाङ, कांग्रेस
नेत्रावती डब्जोङ ३ मा सुरेश गुरुङ, कांग्रेस
नेत्रावती ४ मा तिल बहादुर गुरुङ, एमाले
नेत्रावती डवजोङ ५ मा हरि अधिकारी, कांग्रेस
त्रिपुरासुन्दरीको अध्यक्षमा कांग्रेसका उप्रेती र उपाध्यक्षमा माओवादीका धरेल विजयी
त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले जित हासिल गरेकोछ । अध्यक्षमा नेपाली कांग्रेसका राजु उप्रेती र उपाध्यक्ष मा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवराज धरेल विजयी भएका हुन् । अध्यक्षमा उप्रेतीले ६७७१ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी एमालेका उमेश कुमार थापाले ५१२६ मत ल्याएका थिए । यस्तै उपाध्यक्ष देवराज धरेलले ६०३४ मत ल्याएका छन भने निकटम प्रतिद्वन्दी एमाले उम्मेदवार संगीता कुमालले ५२१० मत ल्याएकी थिईन ।
निर्वाचित वडा अध्यक्षहरु
त्रिपुरासुन्दरी १ भिम प्रसाद भट्ट, कांग्रेस
त्रिपुरासुन्दरी२ कृष्ण बहादुर खत्री, एमाले
त्रिपुरासुन्दरी ३ कमल बहादुर थापा, एमाले
त्रिपुरासुन्दरी ४ कपिल देव सिंखडा, माओवादी केन्द्र
त्रिपुरासुुन्दरी ५ कुश बहादुर सिटौला, माओवादी केन्द्र
त्रिपुरासुन्दरी ६ हरि विश्वकर्मा, माओवादी केन्द्र
त्रिपुरासुन्दरी ७ सुवास अधिकारी, दर्पण माओवादी केन्द्र
गजुरीको अध्यक्षमा माओवादीका श्रेष्ठ र उपाध्यक्षमा कांग्रसकी विसुराल विजयी
गजुरी गाउँपालिका अधयक्षमा गठबन्धनबाट माओवादी केन्द्रका गणशलाल श्रेष्ठ विजयी भएका छन् भने उपाध्यक्षमा गठबन्धनबाट सर्मिला विसुराल विजयी बनेकी छिन् । माओवादी केन्द्रले अध्यक्ष सहित ५ वटा वडा र कांग्रेसले उपाध्यक्ष सहित ३ वटा वडामा जित हासिल गर्दा गठबन्धनमा रहेको एकीकृत समाजवादी र एक्लै प्रतिपर्धामा रहेको एमालेले वडा समेत जित्न सकेनन् । अध्यक्षमा जितका लागि गणशलाल श्रेष्ठले ६,३०८ ल्याएका थिए भने उनको प्रतिद्वन्दी एमालेका राजेन्द्र विक्रम बस्नेतले ४,०५१ मत ल्याए । ०७४ सालमा पनि यी दुई बीच प्रतिस्पर्धा रहेको थियो । बस्नेतले ४,३३६ मत ल्याउँद श्रेष्ठले ४,००६ मत ल्याएका थिए । त्यो बेलाको हारको बदलामा यो पटक गठबन्धनको सहयोग लिएर श्रेष्ठले चुक्ता गरेका छन् । यस्तै उप प्रमुखमा विजयी विसुरालले ५,६९९ मत ल्याएकी थिईन भने उनको प्रतिद्वन्दी एमाले उम्मेदवारले ३,५९२ मत ल्याएकी थिईन् । विसुराल पनि ०७४ मा उपाध्यक्षमा एमाले सँग परिजित बनेकी थिईन । यो पटक गठबन्धनको सहयोगमा उनले पनि एमालेलाई बदला चुक्ता गरिन् ।
यी हुन् विजेता वडा अध्यक्षहरु
गजुरी १ मा तारा भण्डारी, माओवादी केन्द्र
गजुरी २ मा द्रोण कडेल, कांग्रेस
गजुरी ३ ऋषिलाल श्रेष्ठ, कांग्रेस
गजुरी ४ सुरेन्द्र चेपाङ, कांग्रेस
गजुरी ५ मा गोबिन्द लामिछाने, माओवादी केन्द्र
गजुरी ६ भक्त ब तामाङ, माओवादी केन्द्र
गजुरी ७ मा बद्री जम्कट्टेल, माओवादी केन्द्र
गजुरी ८ देवराज ओझा, माओवादी केन्द्र
ज्वालामुखीको अध्यक्षमा कांग्रेसका यमनाथ दनै , उपाध्यक्षमा एकीकृत समाजवादीका धर्म बहादुर अर्याल विजयी
ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार यमनाथ दनै विजयी भएका छन् । ८०३४ मत ल्याउँदै अध्यक्षमा विजयी बनेका दनैको निकटतम प्रतिद्वन्दी हरि राम लोहनीले ५४९९ मत ल्याएका थिए ।
यस्तै उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धर्म बहादुर अर्याल विजयी बने । ६४४५ मत ल्याउँदै विजयी बनेका हुन्, उनको निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार चन्द्र कुमारी अधिकारीले ४७७१ मत ल्याएकी थिईन् ।
विजयी वडा अध्यक्षहरु
ज्वालामुखी १ कृष्ण गिरी, एमाले
ज्वालामुखी २ राजु लोप्पा, कांग्रेस
ज्वालामुखी ३ उमेश श्रेष्ठ, कांग्रेस
ज्वालामुखी ४ कृष्ण बहादुर गुरुङ्ग स्वतन्त्र
ज्वालामुखी ५ टंक प्रसाद काप्री, कांग्रेस
ज्वालामुखी ६ किशोर सेढाई, कांग्रेस
ज्वालामुखी ७ ज्ञानेन्द्र प्रसाद खकुराल, कांग्रेस
सिद्धलेकको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादी विजयी
सिद्धलेक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले जितेको छ । अध्यक्षमा कांग्रेसका परशुराम खतिवडा र उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार सविता अर्याल विजयी भएका हुन् । अध्यक्षमा खतिवडाले ७९५६ मत ल्याई विजयी भएका हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेका प्रेमनाथ सिलवालले ६१७१ मत ल्याएका थिए । यस्तै उपाध्यक्ष अर्यालले ७३६२ मत ल्याईन भने निकटम प्रतिद्वन्दी एमाले उम्मेदवार कमला शर्माले ६२१२ मत ल्याएकी थिईन ।
निर्वाचित वडा अध्यक्षहरु
सिद्धलेक १ पेमा लामा माओवादी केन्द्र
सिद्धलेक २ मा सागर गुरुङ कांग्रेस
सिद्धलेक ३ देव पुलामी मगर एमाले
सिद्धलेक ४ झक बहादुर थापा मगर एमाले
सिद्धलेक ५ बुधे घले माओवादी केन्द्र
सिद्धलेक ६ सुरेन्द्र कुमार मगर
सिद्धलेक ७ सानो गिरी कांग्रेस
खनियाबासको अध्यक्षमा कांग्रेसका रणबहादुर र उपाध्यक्षमा माओवादीका सेक्केमान विजयी
खनियाबास गाउँपालिकामा गठबन्धन विजयी भएको छ । अध्यक्षमा गठबन्धको तर्फबाट कांग्रेसका रणबहादुर तामाङ विजयी भएका हुन् उनी ०७४ मा पनि कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
अध्यक्षमा पदमा रणबहादुर तामाङले १६०९ मत विजयी भएका हुन् भने उनको प्रतिद्वन्दी स्वतनत्रका फुलबहादुर तामाङले १३९६ मत ल्याएका थिए । उपाध्यक्षमा अत्याधिक मतका साथ माओवादी केन्द्रका सेक्केमान तामाङले १८२७ ल्याउदै विजयी भएका हुन् । उनको प्रतिद्वन्दी राप्रपाबाट मरियम तामाङले १२२७ मत राकिएकी थिईन् ।
निर्वाचित वडा अध्यक्षहरु
वडा नं १ सोनामबहादुर तामाङ, राप्रपा
वडा नं २ अरुण कुमार पाख्रीन, राप्रपा
वडा नं ३ मा कमान सिङ तामाङ, राप्रपा
वडा नं ४ लिलामान तामाङ, कांग्रेस
वडा नं ५ मा रविन तामाङ, एमाले
थाक्रेमा मतगणना जारी , ८ वटा वडामा मतगणना सम्पन्न
थाक्रेमा मतगणना जारी छ । ८ वटा वडाको अन्तिम मतपरिणाम आउदा जारी मतगणनामा पालिका अध्यक्ष रामकुमार आचार्यले ७ हजार ३ सय ७१ मतसहित अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका रामप्रसाद बिँडारीले ६ हजार ४ सय २० मतसहित पछ्याइरहेका छन् । यता उपाध्यक्षमा माओवादी केन्द्रका यन्त्रबहादुर थापा (जिदगी) ७ हजार ४ सय ६५ मतसहित अग्रता लिइरहेका छन् । उनलाई एमालेकी अम्बिका रुपाखेतीले ६ हजार ५ सय ५३ मतसहित पछ्याइरहेकी छिन् । अव वडा नम्बर ९,१० र ११ को मतगणनाको अन्तिम परिणाम आउन बाँकी छ ।
वडा नं १ श्यामसुन्दर थापा , एमाले
वडा नं २ टिकाराम तामाङ,माओवादी केन्द्र
वडा नं ३ विजय तामाङ,मोआवादी केन्द्र
वडा नं ४ आशाराम तामाङ,(उनि एकिृकत समाजवादी पार्टीले टिक दिएका तर हँसिया हथौडा चिन्ह लिएर उठेका हुन् ।)
वडा नं ५ सन्तबहादुर तामाङ,एमाले
वडा नं ६ हिरा बहादुर थापा (राजेन्द्र) , माओवादी केन्द्र
वडा नं ७ युवराज खतिवडा, एमाले
वडा नं ८ प्रेम बहादुर थापा (रामेश्वर), एकिकृत समाजवादी