जेठ ९,काठमाडौँ । प्रसिद्ध बलिउड निर्देशक सुभास घई नेपाल आउने भएका छन् ।
काठमाडौंको मैतिदेवीमा रहेको कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उड इन्टरनेसनलको संयुक्त आयोजनामा हुन गइरहेको वर्कशप तथा सेमीनारमा बलिउडका शो म्यान तथा चर्चित फिल्म निर्देशक सुभास घई नेपाल आउने भएका हुन् ।
सुभास घई विस्लीङ्ग उडका फाउण्डर चेयरमेन पनि हुन् । उनले नै नेपाली चेली मनिषा कोइरालालाई १९९१ मा चलचित्र ‘सौदागर’ बाट बलिउडमा इन्ट्री गराएका थिए ।
वर्कशप विशेष गरी मिडिया नलेज, मोबाइल फिल्म मेकिङ्ग, स्क्रिप्ट राइटिङ्ग र फेसन डिजाइनमा केिन्द्रत हुने बताइएको छ ।