नायक प्रदिप खड्काको ‘रोजी’ ! कथावस्तु माथिको कपिराइट

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ जेष्ठ २१, सोमबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

जेठ २१,काठमाडौँ । नायक प्रदिप खड्का यो बर्ष चलचित्र ‘रोजी’ मार्फत दर्शकमाझ आउँदैछन् । यो चलचित्रमा उनी भिन्न लुक्समा देखिएका छन् जसले दर्शकमा कौतुहलता बढाएको छ ।
तर, चलचित्रको छायांकन भैरहँदा विवाद सुरु भएको छ । त्यो विवाद हो रोजीको कथावस्तु माथिको कपिराइट । चलचित्र रोजीको मुहुर्तमा प्रदिप खड्का आफ्नी प्रेमिका मारेको आरोपमा अदालतमा उपस्थित भएको दृश्य खिचिएको थियो । यसैले, यो चलचित्र रोजी महर्जनको हत्याकाण्डमाथि आधारित रहेको अनुमान गर्न सकिन्छ ।

रोजी महर्जन हत्याकाण्डमाथि नै आधारित रहेर निर्देशक तथा लेखक शिवम् अधिकारीले पहिल्यै चलचित्रको कथा लेखेका थिए । उनले यो कथा रोजीका निर्देशक निरक पौडेललाई सुनाएका पनि थिए ।

शिवम्ले आफ्नै कथा चोरेर निरकले रोजी बनाइरहेको आशंका गरेका छन् । तर, उनी अहिले नै यो बिषयमा केही बोल्ने मुडमा छैनन् । तर, चलचित्र चलेकै दिनमा हेरेर कथावस्तु मिलेको खण्डमा कपिराइटको मुद्दा दर्ता गर्ने उनको तयारी छ ।

निर्देशक निरक पौडेलले भने शिवम्को कथा आफूले सुने पनि त्योभन्दा फरक कथामा चलचित्र बनाएको दावी गर्छन् । यी दुईमध्ये को सही हुन् भनेर थाहा पाउन चलचित्रको रिलिज नै पर्खिनुपर्ने हुन्छ । यतिबेला ‘कपिराइट’ ठूलो इस्यू बन्दै गएकाले निरक पौडेल पक्कै अनभिज्ञ नहोलन् ।

ताजा अपडेट

खोजी गर्नुहोस