सलमानले नेपालीलाई यस्तो आग्रह गरे ! (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ जेष्ठ २९, मंगलबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

जेठ २९,काठमाडौँ । बलिउड सुपरस्टार सलमान खानले आफू अभिनीत नयाँ फिल्म ‘रेस ३’ हेर्न नेपाली दर्शकलाई आग्रह गरेका छन् । एक भिडियोमार्फत् ईदमा रिलिज हुन लागेका यो फिल्म हेर्न उनले नेपालीसँग आग्रह गरेका हुन् ।

सयभन्दा बढी हलमा रिलिज हुन लागेको ‘रेस ३’ को नेपाल प्रदर्शन अधिकार गोपीकृष्ण मुभिजले खरिद गरेको छ । भिडियोबाट सलमानले नेपालीलाई ईदको पनि शुभकामना दिएका छन् । उनको भारतसँगै नेपालमा पनि लोभलाग्दो फ्यान फलोइंग छ ।

नेपालबाट उनका हरेक फिल्मले करोडौंको कलेक्सन गर्दै आइरहेका छन् । उनका फिल्मले नेपालका मल्टिप्लेक्स र सिंगल स्कृन दुवैमा राम्रो कलेक्सन गर्ने गरेका छन् । १५ जूनबाट ‘रेस ३’ संसारभर प्रदर्शनमा आउँदैछ ।

रेमो डिसूजा निर्देशित यो फिल्ममा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलगायतको लिड रोल छ । रमेश तौरानी यस फिल्मका निर्माता हुन् ।

यो फिल्मसँग जुध्न यसपटक पनि नेपाली कुनै पनि फिल्म प्रदर्शनमा नआउने भएका छन् । बलिउडका तीन खान (सलमान, शाहरुख र आमिर) का फिल्म रिलिज हुँदा नेपाली निर्माताहरु असुरक्षित महशुस गर्दै कुना पस्ने परम्परा वर्षौदेखि चल्दै आइरहेको छ ।

भिडियो हेर्न यहाँ गर्नुहोस्

 

ताजा अपडेट

खोजी गर्नुहोस