गायिका सिटौलाको राष्ट्रिय गित ‘हिमालकी छोरी हुँ म’ को भिडियो सार्वजनिक !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ अषाढ १, शुक्रबार (६ साल अघि)
  • ३७ पटक पढिएको
Post Thumbnail

असार १,काठमाडौँ । गायिका बबिता सिटौलाको स्वरमा सजिएको गिति एल्बम विहानीको भिडियो सार्वजनिक भएको छ । ललितपुरको दमकलस्थित कलानिधी संगित महाविद्यालयमा आयोजित कार्यक्रममा बरिष्ठ संगितकार धन बहादुर गोपालीले सो गितको भिडियो सार्वजनिक गरे ।

आठवटा गित समावेश गरिएको एल्बममा राष्ट्रिय गित हिमालकी छोरी हुँ म को भिडियो आज सार्वजनिक गरिएको हो । एल्बममा पराईको भयौँ तिमी, आकाश भन्दा ठुलो मन,सुख पाए सबैको हाई हाई, धेरै सहेँ धेरै भोगे,आकाश छुन लम्किरहे,हाकुसाँ माकुरे र दिल भयल दिवाना बोलका गित रहेका छन ।

आज सार्वजनिक गरिएको हिमालकी छोरी हुँ को शब्द सेढाई जी कामदारको रहेको छ भने संगित रामचन्द्र अञ्जानको रहेको छ । गितको भिडियोको निर्देशन राजु गिरीले गरेका छन । सो गितलाई सुमधुर स्वरकी धनी बबिता सिटौलाले गाएकी छिन ।
आजको कार्यक्रममा गायीका सिटौलाले ल्याएको राष्ट्रिय गितमा राष्ट्रको माया र सद्धभावलाई मुख्य विषय बनाएर भिडियो बनाइएको बताइन । सो कार्यक्रममा एल्बमलाई सफलतापुर्वक लैजान सहयोग गरेका सहयागीलाई मायाको चिनो प्रदान गरिएको थियो भने सहभागीहरुले गायीका सिटौलाको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस