गायिका सिटौलाको राष्ट्रियताले ओतप्रोत भएको गीत सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ अषाढ ५, मंगलबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार ५,काठमाडौँ । गायिका बबिता सिटौलाको स्वरमा सजिएको गिती एल्बम विहानीको भिडियो सार्वजनिक भएको छ । ललितपुरको दमकलस्थित कलानिधी संगित महाविद्यालयमा आयोजित कार्यक्रममा बरिष्ठ संगितकार धन बहादुर गोपालीले सो गितको भिडियो सार्वजनिक गरेका हुन् ।

आठवटा गीत समावेश गरिएको एल्बमको राष्ट्रिय गीत ‘हिमालकी छोरी हुँ म’ को भिडियो सार्वजनिक गरिएको हो । एल्बममा पराईको भयौँ तिमी, आकाश भन्दा ठुलो मन,सुख पाए सबैको हाई हाई, धेरै सहेँ धेरै भोगे,आकाश छुन लम्किरहे,हाकुसाँ माकुरे र दिल भयल दिवाना बोलका गित रहेका छन ।

हिमालकी छोरी हुँ म गीतमा शब्द सेढाई जी कामदारको रहेको छ भने संगित रामचन्द्र अञ्जानको रहेको छ । गीतको भिडियोको निर्देशन राजु गिरीले गरेका छन । सो गीतलाई सुमधुर स्वरकी धनी बबिता सिटौलाले गाएकी छिन ।उक्त गीतलाई हाइलाईट म्युजिकको युट्युव चानलमा समेत राखिएको छ ।

हेर्नुस भिडियो

ताजा अपडेट

खोजी गर्नुहोस