निर्देशक गिरीको कथन : ‘हाम्रा दर्शकहरु हलमा भन्दा पनि लुकेर चलचित्र हेर्नुहुन्छ’

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७५ अषाढ ७, बिहिबार (६ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

नेपाली चलचित्रका पुराना निर्देशक राजु गिरी विगत जस्तै अहिलेपनि नेपाली चलचित्रमा व्यस्त छन । नेपालमा सुपर स्टार राजेस हमाल देखि विवादास्पद मोडल अर्चना पनेरुसम्मलाई चलचित्रमा खेलाएका निर्देशक गिरी यतिबेला केही चलचित्र बजारमा ल्याउने तरखरमा छन । उनि एकैपटक धेरैभन्दा धेरै चलचित्र सुटिङ गर्ने र मौकामा चलचित्र प्रदर्शनमा ल्याए पनि निर्देशक गिरीका चलचित्रले सापेक्ष सफलता पाएको छ । अनलाईन केन्द्रले यसै सन्दर्भमा रहेर निर्देशक गिरीसंग कुराकानी गरेको छ ।–

यतीखेर के मा व्यस्त हुनुहुन्छ ?

अहिले हामी निर्जलाको रिलिजको तयारीमा छौँ । त्यसभन्दा अगाडी विन्दास लाईफको काम गर्दैछौ । त्यसको रिमेक गित गर्दैछौँ । दोहोरी गितलाई रिमेक गरेर त्यसको एकदुई दिनमा भिडियो पनि रिलिज गछौँ र साउन महिना भित्र विन्दास लाईफ रिलिज गर्छौँ ।

तपाईको एकपछि अर्को गर्दै फिल्महरु बनिरहेका छन, फिल्म सुटिङ गर्नुहुन्छ तर पर्दशनमा किन ढिलासुस्ती हुन्छ ?

खासमा विन्दास लाईफचाँही ढिलै रिलिज गर्ने तयारी गरेका हौँ । किनभने प्रचारबिना चलचित्र चलाउन गह्रो हुन्छ । हामीले शुटिङ गरेर राखेका छौँ, जस्तो शिवम् चलचित्रको कुरा गर्नुपर्दा यो फिल्म शोहम भेटवालले बनाउनु भएको हो , उहाँ बेलायत भएको कारणले यो चलचित्र चाँडै रिलिज गर्न सकेनौँ । र अर्को चलचित्र निर्जलाचाँही आगामी दशैँको फुलपातीको दिन लाग्दैछ । हामी चाँही राम्रो मितीमा चलचित्र पर्दशन गर्न चाहन्छौँ । खासमा अहिले फिल्म पर्दशन मितीमै हानथाप छ । खासमा कुरा के हो भने एउटै मितीमा चार/पाँचवटा चलचित्र जुधाएर पनि काम छैन । थोरै चलचित्र पर्दशन भएकोबेला हामी प्रदर्शनमा ल्याउने योजना भएकोले पनि यसलाई ढिला भन्न मिल्दैन ।

विन्दास लाईफ भन्दा पनि अघि निर्जला आउने हो ?

होईन विन्दास लाईफ चाँडै प्रदर्शनमा आउछ । यो चलचित्रलाई हामी आगामी साउन महिना भित्र गर्छौँ । मिती एकदुई दिनमा तय हुन्छ । भिडियो रिलिज गर्दा घोषणा नै गरेर जान्छौँ । प्रोमो पनि तयार भईसकेको छ ।

विन्दास लाईफ उपत्यका लगायत देशभरका हलबाट प्रदर्शनमा आउछ हैन ?

हो, तपाईले भने जस्तै यो चलचित्र अल नेपाल चल्र्दछ ।

विन्दास लाईफमा हेर्नै पर्ने के हो ? जसले गर्दा दर्शकलाई हलसम्म ल्याउछ ।

विन्दास लाईफ हेर्नैपर्ने चलचित्र हो । किन भने दर्शकले विन्दास–१ देखी विन्दास-३ सम्म हेरेर मन पराईदिनु भएको छ । विन्दास लाईफ भनेको विन्दास–४ सम्झिए पनि हुन्छ । जुन पहिलो चलचित्र सफल भएको थियो, त्यसपछिका प्रत्येक श्रृङ्खला दर्शकले मन पराईदिनु भएको छ । अहिले विन्दास लाईफमा पनि गितसंगित,कथाबस्तु दर्शकलाई मन पर्ने गरि पस्केको छु । राम्रो चलचित्र बनेको छ । उहाँहरुले हलमा आएपछि मन खिन्न बनाएर जानुपर्दैन ।

श्रृङ्खलाबद्ध आएको विन्दासलाई विन्दास–४ नभनेर किन विन्दास लाईफ नाम राख्नु भएको ?

चार भन्नुको अर्थ जस्तो भारतमै हेर्ने हो भने वान, टु भन्छन त्यसपछि रिर्टन जोडेर मुभी ल्याउने प्रचलन छ । त्यस्तै विन्दासमा पनि अव किन चार राख्ने ? विन्दास लाईफ राखुँ न भनेर यसको नाम परिवर्तन गरेको हो । अर्को कुरा यो चलचित्रले मानिसको मोडलाई विन्दास लाईफसंग जोडेर हेरिन्छ, चलचित्र दर्शकको विन्दास लाईफको पाटोलाई हेरेर पनि यसको नाम राखिएको हो । अव विन्दास लाईफ एक,दुई तिन गर्दै अघि बढ्छ ।

चलचित्रको कथाबस्तु के हो ?

एउटा धनी बाउकी छोरी विन्दास हुँदाहुँदै कहाँसम्म पुग्छ ?  माया प्रेममा पर्दापर्दै पछि किन बिछोडिन पर्छ ? भन्ने एउटा पारिवारिक कथालाई समेटेर बनाइएको चलचित्र हो । चलचित्रमा एकजना केटीको प्रेममा दुई जना केटाको प्रेमलाई राखेर ट्रयाङगल लबस्टोरी बनाइएको छ । जसले परिवारमा कस्तो समस्या आउछ ? भन्ने कुरालाई समेत जोडिएको छ ।

तपाई आफैले भोगेर त होईन ?

त्यस्तो होईन, अहिले सम्म मलाई त्यस्तो परेको छैन । खासमा समाजमा यस्ता घटना घटिरहेका हुन्छ । र त्यसैलाई टपक्क टिपेर कथाबस्तु बनाइएको हो ।

विन्दास लाईफसंगै निर्जलाको पनि कुरा गरौँ, निर्जलाको तयारी कहाँ पुग्यो ?

निर्जलाको सम्पुर्ण तयारी सकिएको छ । हामी केहीदिनमा यो चलचित्रको एउटा गित सार्वजनिक पनि गर्देछौ । भालेमोटर भन्ने गित । यो गितमा हामीले सकेको मेहनत गरेका छौँ । सायद दर्शकहरुले हेरेर मनपराई दिनुहुनेछ । मलाई लाग्छ, यो गित युटुबको नम्बर वानमा समेत आउन सक्छ ।

भाले मोटर कस्तो गित हो ?

एउटा उखान छ नी ‘भालेमोटर एकदमै दौडिन्छ’ भनेजस्तै यो गित बाबुल गिरीले संगित गर्नु भएको छ । शब्दपनि उतिकै राम्रो छ, रमाईलो गित भएको कारणले पनि यो गित दर्शकको रोजाईमा पर्छ भन्ने मैले विश्वास लिएको छु ।

तपाईले जसरी आफ्नो फिल्मी निर्देशनको दौरानमा सुपरहिट नायक नायीकालाई खेलाउनु भयो, एकपछि अर्को चलचित्रको निर्देशन गर्नुभयो, तर यतिखेर राजु गिरी सुस्ताएको हो भन्न मिल्छ ?

पहिला पुराना कलाकारलाई धेरै खेलाईयो  ,नयाँ कलाकारलाई अव अवसर दिनपर्छ भन्ने मेरो मान्यता । जस्तो उदाहरणको लागी अर्जुन पोखरेल नयाँ संगितकार हुनुहुन्थ्यो, मेरै चलचित्र ‘दिलमाया’बाट चर्चित बन्नुभएको उहाँ अहिले चलेको संगितकारको रुपमा हेरिन्छ । मैले ल्याएका नायक–नायिका पनि चलेकै छन । मैले सुष्मा कार्की ल्याए, मेरै चलचित्र विन्दास पछि उनि चर्चामा आईन । तपाईले भनेजस्तो हैन मैले अहिलेपनि काम गरिरहेको छु । नयाँ मान्छेसंग काम गरिरहेको छु । फिल्म चलाउने कुरामात्रै होईन की चलचित्र क्षेत्रमा नयाँ र सक्षम मान्छे आउन भन्ने मेरो उदेश्य पनि हो ।

पछिल्लो समय राजु गिरीले छाडा फिल्म बनाउन थाल्यो भन्नेलाई तपाई के भन्नुहुन्छ ?

त्यस्तो होईन । मैले समाजमा घटेका घटना देखिएको विषयलाई नै टिपेर चलचित्र बनाईरहेको छु । पुराना चलचित्र देखि पछिल्लो समय निरन्तर आईरहेको ‘विन्दास’ श्रृङ्खला देखि अहिले जिस्मसम्म आईपुग्दा अलि मैले बिगारेकी जस्तो लाग्थ्यो । मैलेपनि पोर्न बन्छु भन्ने मान्छेलाई नेपाली चलचित्रमा ल्याँए । ल्याएपछि हाम्रा दर्शकहरुले माया गर्नुभएन । दर्शकहरुले पनि यस्ता फिल्म आएपछि समाजमा विकृती आउछ भन्ने मान्यता भएर पनि हुन सक्छ ।

तर मलाई अचम्म लागेको छ, युटुबमा  अर्चनाले खेलेको ‘जिस्म’को भ्यू २ करोडको हारहारीमा पुगेको छ । यसले गर्दा हाम्रा दर्शकहरु हलमा भन्दा पनि लुकेर हेर्नुहुन्छ भन्ने म बुझ्छु । मैले त्यो चलचित्रमा पनि एउटा बिग्रेको मान्छे कसरी राम्रो काममा लागेर सफल बन्छ भन्ने सन्देश दिन खोजेको थिए । मैले यस्तो फिल्म मात्रै गरेका छैन, दर्शकलाई थहै छ । म बढी त पारिवारिक कथा,समाजमा घटेका घटनालाई सन्दर्भ बनाएर चलचित्र बनाएको हुन्छु । त्यसैको उदाहरण हो, बिन्दास,दिलमाया,शिवम्, निर्जला । समय अनुसार चलचित्र बनाउन पर्छ भन्ने मेरो मान्यता छ ।

ताजा अपडेट

खोजी गर्नुहोस