‘सञ्जू’ को धुँवादार कलेक्सन अझै रफ्तारमा ! कमाई ५ सय करोड नाघ्यो

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ अषाढ ३०, शनिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ३०,काठमाडौँ । बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ को धुँवादार कलेक्सन अझै रफ्तारमा छ । अभिनेता रणबीर कपूरको यो फिल्मले वर्ल्ड वाइड ५ सय भन्दा बढीको कमाई गरिसकेको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शको ट्वीटका अनुसार, रिलिजको दोस्रो हप्तामा फिल्मको ग्रस वर्ल्ड वाइड कलेक्सन ५ सय बढी गरेको छ । फिल्मले इन्डियामा नेट बक्सअफिसमा अहिलेसम्म २९५.१८ करोडको कमाई गरिसकेको छ ।

फिल्मको ओभरसिज ग्रस बक्सअफिस कलेक्सन ३७८।४३ करोड छ । भारत र ओभरसिज कलेक्सन प्लस गर्ने हो भने ‘सञ्जू’ ले प्रदर्शनको दुई हप्तामा कूल ५००।४३ करोड रुपैयाँको कलेक्सन गरेको छ । इन्डियामा ४ हजार र ओभरसिजमा १३ सय स्क्रिनमा फिल्म रिलिज भएको छ ।

राजकुमार हिरानी निर्देशित फिल्म ‘सञ्जू’ मा रणबीरसँगै परेश रावल, मनीषा कोईराला, करिश्मा तन्ना, जिम सर्भ, विक्की कौशल, सोनम कपूर र अनुष्का शर्मा लिड रोलमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस