प्रियंका र आयूष्मानको विवाह एक बर्षपछि

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ अषाढ ३२, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ३२,काठमाडौँ । नायिका प्रियंका कार्कीले शनिबार बेलुकी आफ्ना प्रेमी नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरिन् । मिडिया र आफ्ना फ्यानलाई प्रियंका को यो ‘सरप्राइज’ नै थियो ।

प्रियंकाका अनुसार यो इन्गेजमेन्ट एक प्रकारले हतारमा गरिएको थियो भने अर्कोतिर योजनामुताबिक पनि । उनले बिहे भने एक बर्षपछि गर्ने बताएकी छन् ।

‘१ बर्ष पर्खनुको कारण सबैको समय मिलाउन हो । म डिसेम्बसम्म व्यस्त छु । विदेशमा रहनुभएका आफन्तहरुको पनि बिदा मिलाउन समय लाग्छ । अर्को बैशाखमा बिहे गर्ने योजना छ, हेरौ के हुन्छ ।’

एक वर्षपछि बिहे गर्नलाई अहिल्यै हतारमा इन्गेजमेन्ट गर्नुको कारण भने उनले खुलाएकी छैनन् । प्रियंका यो सम्वन्धले आफूलाई निकै उर्जा दिएको बताउँछिन् । उनले भनिन्-‘यो मायाले उर्जा दिएको छु, म निकै खुशी छु । अब त म झनै नरोकिकन काम गर्छु ।’

प्रेम गरिरहँदा र इन्गेजमेन्टपछि सम्बन्धमा के फरक महशुश हुने रहेछ त भन्ने प्रश्नमा नायिका कार्कीले भनिन्(‘जब चोखो माया गरिन्छ, सम्बन्धले प्रेमलाई परिभाषित गर्दैन । चोखो प्रेमको कारण सम्बन्ध अर्को तहमा भने पुग्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस