४७ वर्षीया अभिनेत्री मनिषाको फोटोपोज, एयरपोर्टमा फ्यानले खिचाए सेल्फी !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ श्रावण ११, शुक्रबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ११,काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाको हालै एयरपोर्टमा खिचिएका तस्विरहरु सार्वजनिक भएका छन् ।

एयरपोर्टमा मनिषा निकै स्टाइलिस लुकमा लेखिएकी छिन् । ४७ वर्षीया अभिनेत्री मनिषाको सुन्दरता र स्टाइलिस लुकले उनी फेरी चर्चामा आएकी छिन् ।

मनिषा कोइरालाको यो फेसनेबल शैलीमार्फत् बलिउडमा अहिलेका तन्नेरी अभिनेत्रीहरुलाई समेत टक्कर दिएकी छिन् ।

उनी मिडियासामु निकै आत्मविश्वासका साथमा फोटोको लागि पोज दिइरहेकी देखिन्छिन् ।

तस्बिरमा मनिषाले सेतो टिसर्ट र लोवरमा डेनिम ज्याकेट लगाएकी छिन् । उनको हेयर स्टाइल, कालो चश्मा र उनले भिरेको साइड ब्यागले अझै उनी जवान र आधुनिक देखिएकी छिन् । एयरपोर्टमा एकदमै खुशी मुडमा देखिएकी मनिषाले केही फ्यानकासाथ सेल्फी पनि खिचाएकी छिन् ।

मनिषा अहिले बलिउडका विभिन्न प्रोजेक्टमा व्यस्त छिन् ।

हालै उनी अभिनित फिल्म ‘सञ्जु’ प्रदर्शन भइसकेको छ भने उनी वेब सिरिज ‘लस्ट स्टोरिज’ मा पनि देखिएकी थिइन् ।

यसबाहेक मनिषा कोइराला अभिनेता सञ्जय दत्तका साथमा फिल्म ‘प्रस्थानम’ को काममा व्यस्त छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस