शुक्रबार प्रदर्शन :तीन सिनेमा मध्ये ‘रोमियो एण्ड मुना’कारोबारमा अगाडि

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ श्रावण १३, आईतबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन १३,काठमाडौँ । यो शुक्रबार प्रदर्शनमा आएका तीन सिनेमा मध्ये ‘रोमियो एण्ड मुना’कारोबारमा अगाडि रहेको छ ।

नरेश कुमार केसीको निर्देशन रहेको सिनेमा ‘रोमियो एण्ड मुना’को शुक्रबार ६५ प्रतिशत अकुपेन्सी थियो भने शनिबार बढेर ८५ प्रतिशत पुगेको थियो ।

देशभरका ८० वटा हलमा प्रदर्शनमा आएको यस सिनेमाको कलेक्सन भने अहिले सम्म सार्वजनिक भएको छैन ।

आईतबार बेलुकासम्म बक्स अफिसबाट सिनेमाको कलेक्सन थाहा हुने सिनेमाका निर्माता प्रसन्न गोपालीले जानकारी दिए ।

यस सिनेमामा अभिनेता विनय श्रेष्ठ र श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । सिनेमामा शहरीया रोमियो र गाउँले मुनाको प्रेमकथा प्रस्तुत गरिएको छ ।

म्युजिकल लभस्टोरीमा आधारित रहेको ‘रोमियो एण्ड मुना’ मा गौरव डोगाउंकर, कोशिस क्षेत्री र कालिप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

थाइल्याण्ड तथा नेपालका आकर्षक दृश्य समेटिएको यस सिनेमामा रोमियो र मुनाको प्रेमलाई फरक ढंगले प्रस्तुत गरिएको छ । प्रसन्न गोपाली, राम बर्मा, कविन शाक्य र अभिनेता विनय मिलेर सिनेमा निर्माण गरेका हुन् ।

‘रोमियो एण्ड मुना’ २ करोडभन्दा माथिको बजेटमा निर्माण भएको सिनेमा हो । उता यही सिनेमासँगै प्रदर्शनमा आएको सिनेमा ‘चिमुसीची’ ले पनि सुखद् कारोबार गरिरहेको छ ।

शुक्रबार यस सिनेमाको ५० प्रतिशत अकुपेन्सी रहेको थियो भने सिनेमाका निर्देशक दिनेश श्रेष्ठका अनुसार शनिबार पनि सिनेमाको कारोबार सुखद् नै रहन गयो ।

दिनेश श्रेष्ठको निर्देशन रहेको यस सिनेमामा सुशान्त कार्की, सुनिल क्षेत्री, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शशांक बस्याल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

देशभरका झण्डै ७० वटा हलमा प्रदर्शनमा आएको यो सिनेमा म्युजिकल थ्रिलर विधामा निर्माण गरिएको छ । यो सिनेमानिर्माणमा ८५ लाखलागेको निर्माण पक्षले जनाएको छ ।

यीदुई सिनेमा सँगै प्रदर्शनमाआएको सिनेमा ‘सुकुलगुण्डा’ कारोबारमा पछि परेको छ । प्रचारप्रसारविना नै हलमा लागेको यो सिनेमालाई दर्शकको खासै साथ मिल्न सकेन ।

ताजा अपडेट

खोजी गर्नुहोस