साउन १८,काठमाडौँ । प्रायः आधुनिक तथा फिल्मी गित लेखिरहने डा. कृष्णहरी बरालले तिज गितको शब्द समेत कोरेका छन । उनकै शब्दमा यसपालीको तीज गीत सार्वजनिक भएको छ । ।
यस गीतमा नन्दा बस्याल र बबिता ढुंगानाले छम छमी नाचेका छन् । आए म त संगिनी बोलको गीत सार्वजनिक भएको हो ।
अहिले अनेकौ गीत सार्वजनिक भएको बेला एक मौलिकपनको स्वाद शोभा र संजुले बजारम ल्याएका हुन् । शोभा पाण्डे र संजु लम्सालको स्वरमा डा. कृष्णहरी बरालको शब्दमा गैरे सुरेशको संगीत रहेको छ ।
यस गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् भने शम्भु चालिसेले यस भिडियो खिचेका हुन् । यो तिज गितले तिजको संस्कार र पुराना भाकाहरुको स्मरण समेत गराउने छ । नेपाली चेलीले भोग्ने घरका समस्या अनी माईतीका दिदी बहिनीको याद दिलाउने गरी गितको शब्दलाई भिडियोमा उतारिएको छ ।