राजु गिरी भन्छन-‘शुभेच्छासंगको लामो सहकार्य तोड्दैछु’

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ श्रावण २२, मंगलबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन २२,काठमाडौँ । लामो समयसम्म आफ्नै पर्दामा चलचित्र खेलाएका शुभेच्छा थापासंगको सम्बन्धमा दरार उत्पन्न भएको निर्देशक राजु गिरीले बताएका छन । उनले एक युट्युव टिभीको अन्तवार्तामा उनले शुभेच्छा थापासंगको पछिल्लो फिल्म नै अन्तिम रहेको बताएका छन ।

उनले लामो समय एउटै नायिकालाई चलचित्रमा बोकर हिँड्दा फिल्म चल्न नसकेको टिप्पणी गर्दै शुभेच्छासंगको लामो सहकार्य तोड्न लागेको बताएका हुन । उनले थापाले दुखमा साथ दिएको र आफुले पनि सहयोग गरेका बताउदै अव नयाँ मान्छेलाई आफुले स्थान दिने बताए ।

अनलाईन केन्द्रसंग कुराकानी गर्दा उनले थापासंग कुनै रिसिईबी भने नरहेको बताएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस