-निर्मल पुरी भोगी
साउन २५,काठमाडौँ । सदाबहार गायक रामभक्त जोजिजू आफ्नो नयाँ गीतको म्यूजिक भिडियोमार्फत दर्शकमाझ आएका छन्।
सोमबार साँझ इमेज च्यानलबाट प्रिमियर गरिएको ‘मनको ढोका’ शीर्षकको गीतको म्यूजिक भिडियोलाई जोजिजूले यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन्।
गीतकार तथा संगीतकार रक्ष गुरुङका शब्द तथा संगीतमा बनेको गीत जोजिजू इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको हो। गीतमा चर्चित संगितकार महाराज थापाको संगीत संयोजन छ ।
निकेश खड्काद्वारा निर्देशित उक्त म्यूजिक भिडियोमा गायक जोजिजूले पहिलो पटक मोडलको रुपमा अभिनय गरेका छन् । उनलाई अभिनेत्री वर्षा राउतले अभिनयमा साथ दिएकी छिन् ।
लामो समयसम्म गित सँगितको अनुभव बटुलेको जोजेजुको म्युजिक भिडियोमा पहिलो अभिनय नै दर्शकहरुको लागि चाखलाग्दो बनेको छ ।