यस्तो छ रियाजको ‘गुराँसजस्तो दलेर लाली’

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ भाद्र ७, बिहिबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद्र ७, काठमाडौं । नव गायक निशान ढकाल रियाजको गीत गुराँसजस्तो दलेर लाली साँगीतीक बजारमा निकै नै रुचाईएको छ । गीतको भिडियो गायक ढकालले आफ्नै युट्युब च्यानलमा समावेश गरेका छन् ।

दक्षिण कोरियामा रहेका नेपाली गजलकार सरोज भण्डारी सर्वहाराको चर्चित गजल गुराँस जस्तै दलेर लाली, अधर तिमीले सजाए हुन्छ, गजलमा गायक ढकालले आफ्नो स्वर दिएका थिए ।

चर्चित संगीतकार हरि लम्सालको संगीतमा रहेको गजलमा गजलकार सर्वहाराले प्रेमिकाको भरपुर वयान गरेका छन् भने शब्द तथा भाव पनि निकै नै मन छुने प्रश्तुत गरेका छन् । एक्वेस्टिक स्टुडियो नक्सालमा रेकर्ड गरिएको उक्त गीतलाई चर्चित रेडियो कार्यक्रम बुलबुलबाट अच्युत घिमिरेले सार्वजनिक गरेका हुन् ।

विभिन्न कार्यक्रम, गजल वाचन तथा स्टेज कार्यक्रममा अत्याधिक रुचाईने गायक ढकालको स्वरमा जादु भएको संगितकारहरुले बताउँदै आएका छन् भने उनीहरुले गायक ढकालको सांगितिक भविष्य सुन्दर देखिएको पनि बताउने गरेका छन् ।

सुरिलो र सुमधुर, कर्णप्रिय आवाजकै कारण निशान सांगितिक बजारमा आफुलाई अब्बल तुल्याउन सफल हुने गजलकार तथा गीतकारहरुको पनि भनाई रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस