भाद्र ८,काठमाडौँ । रणवीर कपूर तथा रणवीर सिंहजस्ता ठूला स्टारसँग काम गरिसकेका बलिउडका कोरियोग्राफर अभिजित शिन्देले पंखामा झुन्डिएर आत्महत्या गरेका छन् ।
बिहीबार आफ्नै घरमा उनको शव झुण्डिएको अवस्थामा भेटिएको थियो । साथै उनले एउटा सुसाइड नोट पनि पाइएको छ । उनले आफ्नौ बैंक खाता छोरीको नाममा ट्रान्सफर गरिदिन आग्रह गरेका छन् ।
अभिजितकी श्रीमतीका अनुसार उनी लामो समयदेखि चिन्तित र डिप्रेसनमा थिए । श्रीमती र छोरीले घर छाडेपछि अभिजित निकै नै चिन्तित थिए । उनले छोरीलाई भेट्न पनि पाइरहेका थिएनन् ।
प्रहरीले अभिजितको शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।
बलिउडमा आत्महत्याको घटना भने यो पहिलो होइन । यसभन्दा पहिले नाना पाटेकरको फिल्म ‘अब तक छप्पन’ बाट करिअर सुरु गरेका स्क्रिप्ट राइटर भवनबाट हाम फालेर आत्महत्या गरेका थिए । गएको महिना नै तमिल अभिनेत्री प्रियंकाले आत्महत्या गरेकी थिइन् ।