अनमोलसँग ‘ब्याचलर बन्टी’मा रोमान्स गर्दै उकुसा !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ भाद्र १९, मंगलबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र १९,काठमाडौँ । नायक अनमोल केसीले काम गर्ने हरेक चलचित्रमा नयाँ नायिका हुने गर्दछन । अनमोलले काम गर्न लागेको आठौ चलचित्र ‘ब्याचलर बन्टी’मा पनि नयाँ नायिका नै फाइनल भएकी छिन् ।

सुदिप खड्का पोडक्शन र चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका लागि मोडल उकुसा गिरीलाई फाइनल गरिएको छ । चलचित्रका निर्देशक तथा निर्माता मिलन चाम्स र निर्माता सुदिप खड्काले उकुसालाई फाइनल गरेका हुन ।

उकुसाले विभिन्न सौन्दर्य प्रतियोगीता समेत जितिसकेकी छिन् । उनी ‘मिस एसिया नेपाल’मा बेष्ट पर्सानालिटी, ‘मिस एसिया’मा मिस ब्यूटिफूल आइज, मिस एसिया २०१७ कि विजेता समेत हुन् । साथै उनले थुप र्‍याम्प शोमा समेत मोडलिङ गरिसकेकी छिन् ।

दशै लगतै यूरोपका विभिन्न स्थानमा छायांकन हुने भनिएको यो चलचित्रका अन्य कलाकार भने फाइनल भएका छैनन । कमेडी र लभस्टोरी कथामा यो चलचित्र निर्माण हुने निर्देशक चाम्सले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस