व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको मेरो बाबा सार्वजनिक, यस्तो छ भिडियो

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ भाद्र २५, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र २५, काठमाडौं । बुबाको मुख हेर्ने दिनको अवसरमा व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीले आफ्नो नयाँ गीत मेरो बाबा बजारमा ल्याएकी छिन् ।

आइतबार बुबाको मुख हेर्ने दिनको अवसरमा काठमाडौंमा एक कार्यक्रमबीच ‘मेरो बाबा’ बोलको गीत सार्वजनिक गरिएको हो।

अस्मिताले यस गीत आफ्नो बाबालाई समर्पित गरेर लेखेको बताइन्।  ‘मेरो बाबा’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा विश्व नेपालीको स्वर तथा संगीत रहेको छ। अस्मिताले यस गीत आफ्नो बाबालाई समर्पित गरेर लेखेको बताइन्।

गीतकार अस्मिताले भनिन्,- ‘बाबा-आमाबिना आफ्नो अस्तित्व हुँदैन। यदि उहाँहरूले जन्म नदिनु भएको भए म यो स्थितिमा हुने थिइन। बाबा-आमाको प्रेम देखेर उहाँलाई समर्पित गर्दै यो गीत लेखेकी हुँ।’

अस्मिताले आमाको स्वर्गाहोरणपछि बाबाले आमा-बाबा दुवैको माया दिएको भन्दै बाबालाई यो गीत बुबाकाे मुख हेर्ने दिन पारेर अाजै सार्वजनिक गरिएकाे पनि बताइन्।

युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा पुराना अभिनेता शिव श्रेष्ठ र हर्षिका श्रेष्ठको अभिनय रहेको छ। भिडियोमा एन्जल गुप्ता र दीपेन गौतमको पनि अभिनय देख्न सकिन्छ।

भिडियो केही सन्देशमूलक पनि बनाइएको निर्देशक वाइवाले बताए। निर्देशक वाइवाले भने, ‘अहिले देशमा भइरहेको बलत्कारविरुद्धमा यो भिडियो तयार पारेको छौँ।’

त्यस्तै अभिनेता शिव श्रेष्ठले यो भिडियोमा अभिनय गर्न पाउँदा निकै खुसी लागेको बताए। उनले भने, ‘धेरै फिल्ममा काम गरे पनि भिडियोमा काम गर्न पाउँछु जस्तो लागेको थिएन। तर यति राम्रो गीतमा अभिनय गर्न पाएको छु। निकै खुसी लागेको छ।’ हर्षिकाले पनि भिडियोमा काम गर्न पाउँदा खुसी भएको बताइन्।

भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादनको जिम्मा निशान घिमिरेले लिएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस