भाद्र २९,काठमाडौँ । सुपरस्टार अभिनेता भुवन केसीकी पूर्वपत्नी एवं स्टार नायक अनमोल केसीकी आमा सुस्मिता बम्जन (केसी) ले अष्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छन् ।
गत सेप्टेम्बरमामा भारतमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग उनको टिकाटालो भएको हो । पारिवारिक सहमतिमा नै उनले यो निर्णय लिएको बुझिएको छ ।
यस निर्णयमा भुवन केसी तथा उनका पुत्र अनमोलकोसमेत सहमति रहेको बताइएको छ । सुस्मिताले किलन स्वामीसँग विवाह भने २०७६ सालको भ्यालेन्टाइन डे मा गर्ने तायरी गरेकी छिन् ।
अष्ट्रेलियामा बसोबास गर्दै आएका स्वामी धनाढ्य व्यापारी भएको बुझिएको छ । अभिनेता भुवन केसीसँग डिभोर्स लिएपछि सुस्मिता एक्लै बस्दै आइरहेकी थिइन् ।
दुइवर्ष अगाडि उनले निर्माण गरेको फिल्म ‘म त तिम्रै हुँ’ प्रदर्शनमा आएको थियो । तर उनको चलचित्रलाई दर्शकले रुचाउन सकेनन् । भुवन र सुस्मिताको डिभोर्स सन् २००१ मा भएको थियो ।
सुस्मिताले भुवनसँग ‘नेपालीबाबु’, ‘करोडपति’, ‘सुपरस्टार’ लगायतका चलचित्रहरुमा सँगै काम गरेकी थिइन् ।