चलचित्र ‘निर्जला’को मनै लोभ्याउने दशैँ गीत सार्वजनिक (हेर्नुहोस् भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ आश्विन ५, शुक्रबार (६ साल अघि)
  • ९७ पटक पढिएको
Post Thumbnail

असोज ५,काठमाडौँ । आगामी आश्विन १९ गतेदेखि देशभरका चलचित्र हलहरुमा एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘निर्जला’को दशैँ गीत सार्वजनिक गरिएको छ । राजु गिरीले निर्देशन गरेको चलचित्र ‘निर्जला’मा रहेको ‘यसपालीको दशैँ‘’ बोलको गीतको भिडियो बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक भएको हो ।

गीतमा बाबुल गिरी र सुजता बर्माको स्वर रहेको छ । बाबुलकै सङ्गीत रहेको गीतको शब्द दिनेश सुवेदीले लेखेका हुन् । गीतको भिडियोमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मा लगायतलाई फिचरिङ गरिएको छ ।

चलचित्रको यसअघि सार्वजनिक गरिएको गीत ‘भाले मोटर‘’लाई जस्तै ‘यसपालीको दशैँ‘’लाई पनि दर्शक्स्रोताले रुचाउनेमा निर्माण टिम विश्वस्त छ । प्रकाशचन्द्र न्यौपाने निर्मित ‘निर्जला’लाई निर्देशक गिरी आफूले निर्देशन गरेका अन्य फिल्मभन्दा फरक भएको बताउँछन् ।

गाउँले परिबेशको कथामा निर्माण गरिएको निर्जलामा किशोर, शुभेच्छा, निकका साथमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, वाले तामाङ, तिलक कोइराला, अन्जली घिसिङ, प्रेम पौडेल र बालकलाकार काजल गिरी लगायतका कलाकारले अभिनय गरेका छन् ।
अनलाईन केन्द्रसंग कुरा गर्दै सो क्रममा सो चलचित्र निर्माता प्रकाश न्यौपानेले भने– ‘दशैँको स्पेशल गित हो यो रमाईलो र सदाबहार गित हो ।’ १०० बर्षमा उतिकै ताजापन दिने गित रहेको उनले बताए
उनले यो चलचित्रमा ६० जनाभन्दा बढीले कोरस गरेको बताए । उनले यो चलचित्र महंगो चलचित्र भएको बताए । उनले दर्शकले चलचित्रमा अहिलेसम्मकै नयाँपन भेट्टाउने दावी गरेका छन ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री थापाले ‘निर्जला’ आफ्नो लागि विशेष रहेको बताइन् । चलचित्रमा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायाँकन रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस