असोज ९, काठमाडौं । बलिउड अभिनेत्री करिना कपुरले भाइबहिनीसँग काम गर्न आनन्द लाग्ने बताएकी छिन् ।
भारतिय मिडियाका अनुसार रणवीर कपुरको खुलेर प्रशंसा गरेकी छन् ।उनले रणवीरको मात्र होइन आलिया र रणवीर सिंहको सानदार अभिनयको समेत तारिफ गरेकी छन् ।उनी आफ्नो पेसागत र निजी जीवनलाई रामोसँग ब्यालेन्समा राख्ने अभिनेत्रीमा पर्छिन् ।
काममा व्यस्त भए पनि परिवार र साथीभाइका लागि समय निकालिरहन्छिन् । उनी छोरो ‘तैमुर’लाई जन्माएको केही समयपछि ‘वीरे दी वेडिङ’को सुटिङमा व्यस्त भएकी थिइन् ।
अहिले करिनाले दुई फिल्म साइन गरेकी छिन् ।त्यसै गरी उनले मलाई रणवीर कपुरको साथमा काम गर्न खुब मजा आउँछ । हामी मस्ती गर्दै काम गर्छौं । मलाई आशा छ, हामी चाँडै नै एकसाथ फिल्ममा देखिनेछौँ । रणवीर मेरा लागि संसारकै बेस्ट अभिनेता हुन् ।’