असोज ९, काठमाडौं । चर्चित गीतकार तथा सङ्गीतकार सन्तोष के.सीको दसैं गती बजारमा आएको छ । आफ्नो जन्म भूमी गुल्मीसँग जोडिएको गीत उनले सार्वजनिक गरेका हुन् ।
बिदेसीएका युवायूवतीको कथामा आधारित गीति कथा सार्बजनिक गरेका केसीले मौलिकता झल्कने शब्दमा एउटा टिपिकल गित तयार पारेका छन् । जुन गीतमा आवाज चर्चित गायिका सर्मिला गुरुङ र सन्तोष केसीको रहेको छ भने शब्द संगीत स्वयम् सन्तोष केसीकै रहेको छ ।
गुल्मीको सुन्दर ठाउँहरुमा सुटिङ भएको यस गीतको निर्देशन कोपिल लामाले गरेका छन् भने सुरेस श्रेष्ठले छाँयाकन गरेका छन् । प्रबिन भट्टको सम्पादनमा रहेको यस गीतमा सरिका केसी र रमेश केसीको अभिनय रहेको छ । यस गीतलाई एस एस डिजिटलबाट बजारमा ल्याएको हो ।
हेर्नुहोस् भिडियो