असोज १८, काठमाडौं । गीतकार सुरज गैरे ‘विवश’को नयाँ गीत ‘तिम्रो मन दुखाएँकी’ बजारमा आएको छ ।
गायक विष्णु अधिकारीको सुमधुर स्वरमा सजिएको उक्त गीतमा अमृत भण्डारीले संगीत भरेका छन् । प्रेमी प्रेमिकाविचको सम्बादलाई गीतकार गैरेले शब्दमा ढाल्ने प्रयास गरेका छन् ।
धेरै चर्चित गीत रचना गरिसकेका गैरेले आफ्नो यो गीत पनि रुचाईने विश्वास व्यक्त गरेका छन् ।
हेर्नुहोस् भिडियो :