कात्तिक १२, ललितपुर । । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ बाट दिनेश न्यौपाने र सुनन्द ढकाल बाहिरिएका छन् । यो हप्ताबाट शुरु भएको ‘लाइभ’ राउन्डका पहिले श्रृंखलाबाट दिनेश र सुनन्द ढकाल प्रतियोगिताबाट दर्शकको भोटका आधारमा बाहिरिएका हुन् ।
दिनेश दीप श्रेष्ठको टिममा थिए भने सुनन्द सनुप पौडेलको टिममा थिए । शनिबार साँझ भएको शोमा दीप र सनुपको टिमबाट चारचार जनावीच भएको प्रतिस्पर्धाका आधारमा दर्शकले भोट गरेका थिए । आठै जनाले एकल गायन कला प्रस्तुत गरेका थिए ।
चारचार जना मध्ये दीप र सनुपले उत्कृष्ठ गाउने एकएक जनालाई भोटमा नपठाई आफूले सुरक्षित राखेका थिए । सनुपले विद्या तिवारी र विवेक परियारलाई दीपले सुरक्षित राखेका थिए ।
लाइभ राउन्डमा पुगेका ३२ मध्ये अब ३० जना छन् ।