लभको चक्करमा केकी : प्रेमीको गीतबाट गरिन् निर्देशनमा डेब्यू !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ कार्तिक १२, सोमबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक १२,काठमाडौँ । म्युजिक भिडियोमा रुचाइएकी उनै केकी चलचित्र नगरीमा भने अहिलेसम्म खासै जम्न सकेकी छैनन् ।

चलचित्र स्वरबाट चलचित्र नगरीमा पाइला टेकेकी नायिका केकी अधिकारीले आफैले चलचित्र निर्माण गर्नसमेत भ्याइन् । उनले निर्माण गरेको चलचित्र हो कोहलपुर एक्स्प्रेस । उनी चलचित्रको निर्माता बनिन् तर उनले निर्माण गरेको चलचित्रलाई दर्शकले भने खासै साथ दिएनन् ।

उनै केकी अधिकारी प्रेममा रहेको चर्चा यतिबेला चलचित्र नगरीमा चर्चामा छ । उनी गायक आर्जन पाण्डेसँगको प्रेममा रहेको बताइन्छ । तर अधिकारीक रुपमा उनीहरुले भने मुख खोलेका छैनन् । यतिबेला केकी उनका प्रेमी भनिएका गायक आर्जन पाण्डेको गीतको म्युजिक भिडियोको निर्देशन गर्ने तयारीमा छिन् ।

हुन त केकीले बेला बेलामा चलचित्र निर्देशन गर्ने प्रतिकृया दिँदै आएकी छिन् । म्युजिक भिडियोमा जमेकी उनले निर्देशन पनि म्युजिक भिडियो बाट नै सुरु गरेकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस