रियाजको ‘गुराँसजस्तै दलेर लाली’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ कार्तिक १४, बुधबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

कात्तिक १४, काठमाडौं । नवगायक निशान ढकाल (रियाज)को साँगीतिक गजल गुराँसजस्तै दलेर लालीको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दक्षिण कोरियामा रहेका नेपाली गजलकार सरोज भण्डारी सर्वहाराको बहुप्रतिक्षित गजल गुराँस जस्तै दलेर लाली मा गायक ढकालले आफ्नो स्वर दिएका थिए ।

चर्चित संगीतकार हरि लम्सालको संगीतमा रहेको गजलमा गजलकार सर्वहाराले प्रेमिकाको भरपुर वयान गरेका छन् भने शब्द तथा भाव पनि निकै नै मन छुने प्रश्तुत गरेका छन् । एक्वेस्टिक स्टुडियो नक्सालमा रेकर्ड गरिएको उक्त गीतलाई केही समयअघि चर्चित रेडियो कार्यक्रम बुलबुलबाट अच्युत घिमिरेले सार्वजनिक गरेका थिए।

गजलकार सर्वहाराको अनुसार उक्त गीतको भिडियो हेर्नका निम्ति सबै आत्तुर रहेका थिए । अब भने भिडियोको पनि प्रतिक्षाको घडि समाप्त भएको छ । भिडियोमा रमन खान र प्रतिक्षा शर्माले फिचरीङ गरेका छन् ।

त्यस्तै म्युजिक भिडियोको निर्देशन नवीन थापाले गरेका छन् भने फोटोग्राफीमा कमल खत्री रहेका छन् । भिडियोलाई गुरु कृपा डिजिटल टेकले बजारमा ल्याएको हो । राजु क्षेत्रीले सम्पादन गरेका छन ।

विभिन्न कार्यक्रम, गजल वाचन तथा स्टेज कार्यक्रममा अत्याधिक रुचाईने गायक ढकालको स्वरमा जादु भएको संगितकारहरुले बताउँदै आएका छन् भने उनीहरुले गायक ढकालको सांगितिक भविष्य सुन्दर देखिएको पनि बताउने गरेका छन् ।

सुरिलो र सुमधुर, कर्णप्रिय आवाजकै कारण निशान सांगितिक बजारमा आफुलाई अब्बल तुल्याउन सफल हुने गजलकार तथा गीतकारहरुको पनि भनाई रहेको छ ।

भिडियो हेर्नुहोस्:

https://youtu.be/nurerZ96sg0

ताजा अपडेट

खोजी गर्नुहोस