कात्तिक २१, काठमाडौं । डिस मिडिया नेटवर्कले तिहारको अवसर पारेर भाइटीकाको दिनदेखि थप नयाँ टेलिसिरियल प्रसारण गर्ने भएको छ ।
तिहारको अवसर पारेर डिसहोमले सामाजिक गतिविधिलाई समेटेर चारओटा नयाँ सामाजिक र हास्य टेलिशृंखला ‘रमाइलो टीभी’मार्फत् प्रसारण गर्न लागेको हो ।
रमाइलो टेलिभिजनमार्फत् प्रस्तुत् हुने उक्त कार्यक्रमले सामाजिक परिघटनाहरुलाई प्रस्तुत् गर्ने ओरिजिनल इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडकी कार्यकारी निर्देशक श्रेषा पौडेलले बताइन् ।
रमाइलो टीभीका लागि ओरिजिनल इन्टरटेनमेन्टले कार्यक्रमहरु तयार गर्दै आइरहेको छ ।