राजिवको राष्ट्रप्रति माया : गीतमार्फत हामी नेपाली सार्बजनिक !

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ कार्तिक ३०, शुक्रबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

कार्तिक ३०,काठमाडौँ । राजिव लामाले फेरि आफ्नो गीत संगीतलाई निरन्तर दिने क्रममा यसपाली भने एउटा मिठो देश भक्ति गीत हामी नेपाली बोलको गीत लिएर ‘लिरिकल भिडियो’ आफ्नो युट्युब मार्फत सार्बजनिक गरिएको छ ।

विभिन्न बिदाका गीतलाई प्रस्तुत गर्दै आइरहने क्रममा यो पाली भने छुट्टै ‘जरी ट्रोपिकल हाउस’को बिटमा आफ्नो देशको बारेमा अनि नेपालीको मन भावनालाई बुझेर त्यहाका भाषा, कल्चर, प्रकृतिलाई समेटेर मिठो तरिकाले प्रस्तुत गरेको सुन्न पाइन्छ ।

लामाको आफ्नै शब्द, संगीत अनि स्वरमा सजिएको यो गीत लाई रोमन बज्राचार्यले संगीत समायोजन गरिएको छ भने यो गीतको मिक्स–मास्टरिंग समेत बज्राचार्यले गरेका छन । यो गीतको रेकोर्ड भने जापानको नागोया स्थित ‘४४६ स्टूडीयोमा’ गरिएको छ । लामाको भनाई अनुसार यो गीतको म्यूजिक भिडियो भने जापान र नेपाल लाई लोकेशन स्पट बनाएर चाँडै नै छायंकन गरिनेछ ।

भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोला

ताजा अपडेट

खोजी गर्नुहोस