‘समर लभ’को पहिलो गीत रिलिज

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ मंसिर १७, सोमबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौं । चलचित्र ‘समर लभ’को पहिलो गीत रिलिज भएको छ । ‘साया’ बोलको गीतमा लिड कलाकार आशिष पिया र रेवती क्षेत्री फिचर छन् ।

सुबिन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित यो फिल्मको सार्वजनिक रोमान्टिक गीतमा विदेशका विभिन्न शहरका मनोरम दृश्यहरु देख्न सकिन्छ । गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गीतमा स्वर पुष्पन प्रधानको सुन्न सकिन्छ भने उनलाई फिमेल भर्सनमा साथ बानिका प्रधानले दिएकी छिन् । शब्द, संगीत पनि पुष्पनको नै छ ।

‘समर लभ’ प्रेमदिवसको अबसर पारेर आगामी माघ २५ बाट प्रदर्शनमा आउँदैछ । फिल्मको यसअघि सार्वजनिक टिजरले लोकप्रियता बढाउँदै छ । मुस्कान ढकालको निर्देशनमा तयार भएको फिल्ममा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारी लिड अभिनयमा छन् ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवादमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् ।

नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता छन् । अर्जुन जिसीले सम्पादन गरेको ‘समर लभ’मा स्वपन सरकार र मनोज बिक सहनिर्माता र एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस