सर्वत्र चर्चामा अशोक दर्जीको दोस्रो गीत ‘चौरीको चाम्रो छुर्पी’ (हेर्नुहोस् भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ पौष १, आईतबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

१ पौष, काठमाडौं । “मन बिनाको धन ठूलो कि धन बिनाको मन”बाट निक्कै चर्चा कमाएका चर्चित बाल गायक अशोक दर्जीको नयाँ गीत सार्वजनिक भएको छ ।  सर्वत्र चर्चामा रहेको यो गीत अहिले यूट्यूवको टे«न्डिङ नम्बर १ मा रहेको छ ।

अशोक दर्जी, टंक बुढाथोकी तथा एआर बुढाथोकी(टंक बुढाथोकीको छोरा)को स्वरमा सजिएको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत बुधबार सार्वजनिक भएको हो ।

यस ‘चौरीको चाम्रो छुर्पी’ गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ ।

यस्तै गीतको भिडियोमा ‘मन बिनाको धन ठूलो कि’ बाट स्थापित भएका बालगायक अशोकका साथै एआर बुढाथोकी, टंक बुढाथोकी, रुपक बासु, कला मैनाली, दीपिका शर्माको अभिनय रहेको छ । सौरभ लामाको सिनमाटोग्राफी रहेको उक्त भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र निर्देशन रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस