विपिन कार्की स्टारर नयाँ सिनेमा ‘गोपी’को ट्रेलर रिलिज

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ पौष ४, बुधबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पौष ४, काठमाडौं । विपिन कार्की स्टारर ‘गोपी’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौमा एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

सिनेमाको सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य पात्र विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्का लगायतका कलाकार अटाएका छन्।

सिनेमामा भोलाराज सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ति सिमली, हिउँवाला गौतम, सरोज अर्याल, इन्द्रजित चौलागाई, केशव राई, कमलमणी नेपाल, अर्पुभ गौतम, गणेश मुनाल, रामबाबु रेग्मी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

माघ १८ मा रिलिज हुने सिनेमालाई ‘घामपानी’ फेम दिपेन्द्र लामाले निर्देशन गरेका हुन्।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता श्रीधर पौडेल हुन्।

सिनेमामा दिपेन्द्र लामाको कथा, सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, गोविन्द राईको कोरियोग्राफी, न्यु बज्राचार्य, अर्जुन पोखरेल, कल्याण सिंहको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस